News Summary
Generated by OK AI. Editorially reviewed.- वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अनुमति दिन सुरु गरिएको छ र शुक्रबारसम्म ४ समूहका ३३ जनाले अनुमति लिएका छन्।
- यस सिजनमा २४ समूहका १ सय ७० जनाले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्, जसमा सबैभन्दा धेरै अमादब्लममा छन्।
- शुक्रबारसम्म जारी अनुमतिबाट १० करोड ८७ लाख ३० हजार रोयल्टी संकलन भएको छ, जसमा सगरमाथाबाट ७ करोड ३७ लाख संकलन भएको छ।
२० चैत, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अनुमति दिन सुरु गरिएको छ ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्म ४ समूहका ३३ जनाले सगरमाथा चढ्न अनुमति लिइसकेका छन् । सगरमाथामा सबैभन्दा धेरै आरोही यसै सिजनमा चढ्ने गर्छन् ।
सगरमाथा चढ्न अहिलेसम्म ३ महिला र ३० पुरुष आरोहीले अनुमति लिएका हुन् । यस सिजनका लागि शुक्रबारसम्म कुल २४ समूहका १ सय ७० जनाले विभिन्न एक दर्जन हिमाल चढ्न अनुमति लिएका छन् ।
जसमा सबैभन्दा धेरै अमादब्लम हिमालमा छन् । यो हिमालमा ३ समूहका ३४ जनाले अनुमति लिएको पाइएको छ । अन्नपूर्ण प्रथममा ४ समूहका २७ जनाले अनुमति लिएको समेत तथ्यांक छ ।
धौलागिरिमा २ समूहका १७ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म जारी अनुमतिबाट १० करोड ८७ लाख ३० हजार रोयल्टी संकलन भएको छ । जसमध्ये सगरमाथाबाट मात्र ७ करोड ३७ लाख रोयल्टी संकलन भएको छ ।
प्रतिक्रिया 4