News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा २१ जनाको आवेदन परेको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १२ वैशाखमा खुला प्रतिस्पर्धाबाट आवेदन मागेको थियो।
- नेपाल वायुसेवा निगममा ५ सञ्चालक समिति सदस्य पदका लागि २७ जनाको आवेदन परेको मन्त्रालयले बताएको छ।
२१ वैशाख, काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा २१ जनाको आवेदन परेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार प्राधिकरण महानिर्देशक पदसमेत अब खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदैछ ।
मन्त्रालयले १२ वैशाखका दिन सूचना प्रकाशित गर्दै योग्य आवेदकसँग आवेदन मागेको थियो । प्राधिकरण ऐन २०५३ अनुसार नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा संलग्न रहेको र कुनै विदेशी मुलुकको नागरिकता नलिएको हुनुपर्ने प्रावधान छ ।
उता, नेपाल वायुसेवा निगममा ५ जना सञ्चालक समिति सदस्य पदका लागि २७ जनाको आवेदन परेको समेत मन्त्रालयले जानकारी दिएको छ । सोही दिन ४ जना सञ्चालक सदस्यका लागि आवेदन माग गरिएको थियो ।
तर, सरकारले १९ वैशाखमा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी गरेपछि थप एक सञ्चालक समेत स्वत: पदमुक्त भएका थिए ।
मन्त्रालयले सोही विज्ञापन कायम गरी नियुक्त गर्नुपर्ने सञ्चालक समिति सदस्य संख्या ५ कायम भएको बताएको थियो ।
प्रतिक्रिया 4