+
+
Shares

हिमाल सफा राख्ने कार्ययोजना कार्यान्वयन गर्न स्थानीय तहलाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १९:३६

३ फागुन, काठमाडौं । सरकारले हालै ल्याएको हिमाल सफा राख्ने कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा पत्राचार गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत मंसिरमा यस्तो कार्ययोजना स्वीकृत गरेको थियो । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उक्त कार्ययोजना कार्यान्वयनमा आवश्यक समन्वय/सहजीकरण गर्न पत्र लेखेको थियो ।

सोही अनुसार संघीय मामिलाले आरोहण खुला भएका देशभरिका ४ सय १४ चुचुरो रहेका स्थानीय तहलाई पत्र लेख्दै कार्ययोजना कार्यान्वयन गर्न भनेको छ ।

सरकारले हिमालको सामर्थ्य वा बहन क्षमता हेरेर आरोही संख्या तोक्नेदेखि विभिन्न योजना समेटेर कार्यायोजना ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?