+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सामाजिक सुरक्षामा सरकारको खर्च १४.४८ प्रतिशत वृद्धि

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सामाजिक सुरक्षामा सरकारले ८९ अर्ब ६३ करोड ५५ लाख खर्च गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारले सामाजिक सुरक्षामा १४.४८ प्रतिशत वृद्धि गरी ८९ अर्ब ६३ करोड खर्च गरेको छ।
  • पुस मसान्तसम्म सामाजिक सुरक्षामा परिवार र शिशु कल्याणका लागि ३२ लाख, बेरोजगारका लागि ६ लाख खर्च भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।
  • यस अवधिमा सामाजिक असमावेशीमा ३ करोड ७ लाख र सामाजिक सुरक्षा अनुसन्धानमा ३० लाख खर्च भएको जानकारी अर्थ मन्त्रालयले दिएको छ।

३ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ६ महिनामा सरकारले सामाजिक सुरक्षाका लागि गरेको खर्चमा १४.४८ प्रतिशत वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सामाजिक सुरक्षामा सरकारले ८९ अर्ब ६३ करोड ५५ लाख खर्च गरेको छ । जुन अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा १४.४८ प्रतिशत धेरै हो । त्यसबेला ७८ अर्ब २९ करोड ६७ करोड रुपैयाँ खर्च भएको थियो ।

अर्थ मन्त्रालयका अनुसार यस अवधिमा परिवार र शिशु कल्याणका लागि ३२ लाख खर्च भएको छ । बेरोजगारमा ६ लाख, सामाजिक असमावेशी शीर्षकमा ३ करोड ७ लाख र सामाजिक सुरक्षा अनुसन्धान र विकासमा ३० लाख खर्च भएको छ ।

अन्यत्र वर्गीकरण नभएको सामाजिक सुरक्षामा भने कुल ८९ अर्ब ५९ करोड ७९ लाख खर्च भएको अर्थले जनाएको छ । यस वर्ष ६ महिनामा कुल बजेट खर्च ६ खर्ब ९० अर्ब २१ करोड रुपैयाँ भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?