News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालय र मातहत निकायले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक समीक्षा अवधिमा कुल विनियोजनको ७.१५ प्रतिशत मात्र बजेट खर्च गरेका छन्।
- यस वर्ष अर्थ मन्त्रालयको कुल विनियोजित बजेट ३८ अर्ब ९९ करोड रहेकोमा पुस मसान्तसम्म २ अर्ब ७८ करोड मात्र खर्च भएको छ।
- चालु खर्च लक्ष्य ९ अर्ब ४५ करोड रहेकोमा १ अर्ब ४५ करोड मात्र खर्च भएको र मिलेनियम च्यालेन्ज एकाउन्टले १५.४ प्रतिशत खर्च गरेको तथ्यांक छ।
१६ माघ, काठमाडौं । अर्थ मन्त्रालयको बजेट खर्च खुम्चिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा अर्थ मन्त्रालय र मातहत निकायले कुल विनियोजनको ७.१५ प्रतिशतमात्र बजेट खर्च गरेका छन् । जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा कम हो ।
गत आव विनियोजनको १९.४६ प्रतिशत बजेट अर्थले खर्च गरेको थियो । अर्थ मन्त्रालय र मातहत निकायको विनियोजित बजेट यस वर्ष ३८ अर्ब ९९ करोड छ । पुस मसान्तसम्म २ अर्ब ७८ करोडमात्र खर्च भएको छ ।
यस वर्ष चालु खर्च लक्ष्यको ४.५१ प्रतिशत र पूँजीगत खर्च १५.३९ प्रतिशत हाराहारी भएको तथ्यांक छ ।
यस वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखिएकोमा १ अर्ब ४५ करोडमात्र खर्च भएको हो । यस अवधिमा मन्त्रालय स्वयंले लक्ष्यको १६.६ प्रतिशतमात्र खर्च गर्न सकेको देखिन्छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १५.४ प्रतिशत खर्च गरेको देखिन्छ । आर्थिक पुनरुत्थान, राहत तथा सहुलियत कार्यक्रमको खर्च शून्य देखिन्छ ।
भन्सार विभागले ४.६६ प्रतिशत र आन्तरिक राजस्वको ४.७५ प्रतिशतमात्र बजेट खर्च भएको तथ्यांक छ ।
प्रतिक्रिया 4