News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ कार्यान्वयनपछि अर्थ मन्त्रालय मातहतका साढे दुई दर्जन अधिकारी पदमुक्त भएका छन्।
- कर्मचारी सञ्चय कोषको अध्यक्ष भूपाल बराल र सदस्य धनिराम शर्मा पदमुक्त भएका छन् भने उनीहरू आफ्नो स्थायी पदमा यथावत रहनेछन्।
- नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, विज्ञ सञ्चालक हेमन्तराज रमाली र कार्यकारी निर्देशक पर्वतकुमार कार्की समेत पदमुक्त भएका छन्।
२२ वैशाख, काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ कार्यान्वयनमा आएसँगै अर्थ मन्त्रालय मातहत निकायबाट साढे दुई दर्जन अधिकारी पदमुक्त भएका छन् ।
अर्थ मन्त्रालयबाट विभिन्न निकायका सचिव तथा सहसचिव सञ्चालक तथा सदस्य रहने प्रावधान रहेका कारण बहालवाला सहसचिव भने आफ्नो स्थायी पदमा यथावत रहनेछन् ।
मन्त्रालयका अनुसार कर्मचारी सञ्चय कोषको अध्यक्ष पदबाट भूपाल बराल पदमुक्त भएका छन् । उनी अहिले राजस्व सचिव छन् ।
सोही कोषको सदस्यबाट धनिराम शर्मा समेत पदमुक्त भए । उनी अहिले सहसचिवको भूमिकामा छन् । कोषका प्रशासक जितेन्द्र धिताल, सदस्यहरू इश्वर कार्की, विनोद थापा, प्रा. डा. ताराप्रसाद भूसाल र देवेन्द्ररमण खनाल समेत पदभुक्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, विज्ञ सञ्चालक हेमन्तराज रमाली र कार्यकारी निर्देशक पर्वतकुमार कार्की समेत पदमुक्त भएका छन् ।
यी हुन् अर्थ मन्त्रालय मातहतका निकायबाट रिक्त पदाधिकारी


प्रतिक्रिया 4