News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकपमा अमेरिकाले नामिबियालाई ३१ रनले हराउँदै दोस्रो जित हासिल गरेको छ।
- अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो भने नामिबियाले १६८ रन मात्र बनाउन सक्यो।
- नामिबियाले लगातार तीन हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ भने अमेरिकाले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ।
३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले दोस्रो जित हासिल गर्ने क्रममा नामिबियालाई पराजित गरेको छ । योसँगै लगातार तीन हार बेहोरेको नामिबिया भने बाहिरिएको छ ।
समूह ‘ए’ अन्तर्गत चेन्नईमा भएको खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले हराएको हो । अमेरिकाले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।
नामिबियाका लागि लोउरेन स्टीनकाम्पले सर्वाधिक ५८ रन बनाए । जेजे स्मिटले ३१ रन बनाए । जान निकोल लफ्टी इटनले २८ रन बनाए । जान फ्रायलिंकले १९ तथा जेन ग्रीनले १८ रन बनाए ।
अमेरिकाका लागि शाड्ली भान शाकवाइकले २ विकेट लिँदा अली खान, सौरभ नेत्रभल्कार र शुभम रन्जानेले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो ।
अमेरिकाका लागि सन्जय कृष्णमुर्तीले अविजित ६८ रन बनाए । कप्तान मोनांक पटेलले ५२ रन बनाए। शयान जहांगिरले २२ रन बनाए ।
नामिबियाका लागि विलेम माइबर्ग र कप्तान जेरार्ड एरासमसले २-२ विकेट लिए ।
योसँगै अमेरिकाले ४ खेलमा ४ अंक जोडेर सुपर ८ को गणितीय सम्भावना कायमै राखेको छ । अब अन्य नतिजामा मात्र भर पर्नुपर्नेछ ।
नामिबिया भने लगातार ३ हारसहित बाहिरिएको हो ।
प्रतिक्रिया 4