News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामीले सामाजिक सञ्जालबाट टाढा बस्नु खेलाडीका लागि राम्रो हुने बताएका छन्।
- सोमपालले प्रशिक्षक स्टुअर्ट लको सामाजिक सञ्जाल प्रयोगबारे टिप्पणी सही भएको र युवा खेलाडीमा नकारात्मक असर पर्ने बताए।
- युवा खेलाडी गुल्शन झाले महत्वपूर्ण प्रतियोगिताका बेला सामाजिक सञ्जालबाट टाढा रहने निर्णय सुनाएका छन्।
३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामीले खेलाडीहरू सामाजिक सञ्जालबाट टाढा बसेको नै राम्रो हुने बताएका छन् ।
आइतबार वेस्ट इन्डिजसँगको खेलपछि पोस्ट म्याच प्रेस कन्फेरेन्समा बोल्दै सोमपालले यस्तो बताएका हुन् । शनिबार नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जाल प्रयोगबारे गम्भीर टिप्पणी गरेपछि सोमपाललाई यसबारेमा प्रश्न गरिएको थियो ।
सोमपालले प्रशिक्षकले भनेको कुरा सही भएको बताउँदै युवा खेलाडीहरूमा त्यसको नकारात्मक असर पर्ने बताएका हुन् । ‘कोचले भनेजस्तै हामीसँग धेरै युवा खेलाडी छन्। उनीहरूले प्रदर्शनपछि कमेन्टहरू पढ्छन्। हरेक दिन सामाजिक सञ्जालमा बस्नु राम्रो होइन। सबैलाई राम्रो कमेन्ट, लाइक र फलोअर्स चाहिन्छ। तर खेलाडीका लागि सामाजिक सञ्जालबाट टाढा बस्नु नै राम्रो हुन्छ’ उनले भने।
‘तर अन्ततः यो व्यक्तिमा भर पर्छ- उसले त्यसलाई कसरी लिन्छ भन्ने कुरा मुख्य हो’ खेलाडीको जीवनमा हरेक दिन नयाँ अवसर भएको उल्लेख गर्दै उनले भने, ‘मानिसको स्वभाव त्यस्तै हुन्छ । एक दिन प्रशंसा गर्छन् अनि अर्को दिन आलोचना पनि गर्छन्। त्यसलाई सामान्य रूपमा लिनुपर्छ।’ उनले थपे।
खेलपछि युवा खेलाडी गुल्शन झालाई पनि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विषयमा गरिएको प्रश्नमा उनले आफू महत्वपूर्ण प्रतियोगिताका दौरान सामाजिक सञ्जालबाट टाढा नै रहने बताए ।
‘अन्य खेलाडीको बारेमा थाहा भएन, म चाहिँ यस्तो टुर्नामेन्टका बेलामा सामाजिक सञ्जाल एभोइड नै गर्छु । म आफ्नो फ्रि मेन्टल स्पेसमा बस्न चाहिरहेको हुन्छु’ गुल्शनले भने ।
प्रतिक्रिया 4