News Summary
Generated by OK AI. Editorially reviewed.- जारी वसन्त ऋतुमा हिमाल आरोहणका क्रममा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ, जसमा सगरमाथा र मकालु हिमाल क्षेत्रका आरोही छन्।
- २० वैशाखमा सगरमाथा आधार शिविरमा माउन्टेन गाइड लाक्पा डेन्डी शेर्पा र २७ वैशाखमा विजय घिमिरेको खुम्बु आइसफल क्षेत्रमा मृत्यु भएको छ।
- २८ वैशाखमा सगरमाथाको तेस्रो शिविरमा माउन्टेन गाइड फुरा गेल्जेन शेर्पा र मकालु हिमालमा आरोही जोहानेसेन शेलीको मृत्यु भएको छ।
३० वैशाख, काठमाडौं । जारी वसन्त ऋतुको हिमाल आरोहणका गतिविधिमा अहिलेसम्म ५ जनाको ज्यान गएको छ । पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीन र मकालु हिमाल क्षेत्रमा २ आरोहीको मृत्यु भएको हो ।
विभागका अनुसार २० वैशाखका दिन सगरमाथा आधार शिविर क्षेत्रमा माउन्टेन गाइड लाक्पा डेन्डी शेर्पाको निधन भएको छ । २७ वैशाखका दिन अर्का माउन्टेन गाइड विजय घिमिरेको खुम्बु आइसफल क्षेत्रमा मृत्यु भएको छ।
२८ वैशाखका दिन माउन्टेन गाइड फुरा गेल्जेन शेर्पाको सगरमाथाको तेस्रो शिविरमा ज्यान गएको छ । यसअघि २१ वैशाखका दिन मकालु हिमालमा आरोही डेभिड रुविनेकको मृत्यु भएको थियो ।
मकालु हिमालमै २८ वैशाखका दिन आरोही जोहानेसेन शेलीको मृत्यु भएको छ । जारी वसन्त ऋतुमा हिमाल चढ्न बढी संख्यामा आरोही आउने गर्छन् ।
सोहीकारण यो सिजनमा मानवीय क्षति समेत अधिक हुने गर्छ । हिमालमा उचाइका कारण हुने समस्याले आरोही तथा सहयोगी जनशक्तिको मृत्यु हुने गर्छ । यसबाहेक प्राकृतिक कारण समेत अर्को समस्या बन्ने गर्छ ।
प्रतिक्रिया 4