News Summary
Generated by OK AI. Editorially reviewed.- बसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ र बुधबारसम्म १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन्।
- सबैभन्दा धेरै अन्नपूर्ण प्रथममा ३ समूहका २२ जनाले अनुमति लिएका छन् भने अमा दब्लममा २ समूहका २० आरोहीले अनुमति लिएका छन्।
- बुधबारसम्म सगरमाथामा अनुमति जारी नभए पनि कुल १ करोड ८४ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भइसकेको छ।
१२ चैत, काठमाडौं । बसन्त ऋतुमा हिमाल आरोहण गर्नेका लागि अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म कुल १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् ।
विभागका अनुसार १ मार्चदेखि बुधबारसम्म सो संख्यामा अनुमति जारी भएको हो । यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथममा आरोहण अनुमति जारी भएको छ । जसमा ३ समूहका २२ जनाले अनुमति लिएका छन् ।
अमा दब्लममा २ समूहका २० आरोहीले अनुमति लिएको देखिएको छ । यो सिजनमा सगरमाथामा धेरै आरोही आरोहणमा आउँछन् । यद्यपि बुधबारसमम सगरमाथामा भने अनुमति जारी भइसकेको छैन । विभागका अनुसार बुधबारसम्म जारी अनुमतिबाट १ करोड ८४ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भइसकेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4