Comments Add Comment

पर्यटन

List Grid
चीनका थप ८ विमानस्थल नेपाली जहाजका लागि खुला

१०, साउन, काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पुर्‍याइएको छ । तर बढेको २८ उडान चिनियाँ […]

 यती एअरलाइन्स अब पोखराबाट भरतपुर र भैरहवामा

९ साउन, काठमाडौं । यती एअरलाइन्सले आफ्नो ३० सिट क्षमता युक्त ‘जेटस्ट्रिम-४१’ विमानमार्फत पोखराबाट मुलुककै भैरहवा, भरतपुरमा उडान सेवा सुरु गर्ने भएको छ । नेपालगञ्जमा पनि पोखराबाट चार्टरमा फ्लाइट हुनेछ । यती एअरलाइन्सले पोखराबाटै दैनिक माउन्टेन फ्लाइट, ‘अन्नपूर्ण एक्सप्रेस’ समेत थाल्ने भएको छ । यती एअरलाइन्सले आउँदो साउन १६ गतेबाट भैरहवाका लागि पोखराबाट दैनिक उडान […]

नेपालमा अलफ्ट ब्रान्डको सुरुआत

८ साउन, काठमाडौं । मेरियट इन्टरनेसनलले आफ्नो एक उत्कृष्ट ब्रान्ड अलफ्टलाई अतिसुन्दर हिमाली देश नेपालमा ‘अलफ्ट काठमान्डु ठमेल’ नाममा सुरुआत भएको घोषणा गरेको छ। अलफ्ट काठमान्डु ठमेललाई भारतकै असाध्यै विश्वासिलो आतिथ्य सत्कार व्यवस्थापन कम्पनी शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस) ले व्यवस्थापन गरेको छ अलफ्ट काठमान्डु ठमेल आकर्षक बार, स्थानीय हस्तकला स्टोर र स्वादिष्ट नेपालीदेखि अन्तर्राष्ट्रि्रय […]

पर्यटक आगमनमा झिनो सुधार, ६ महिनामा ५ लाख ८५ हजार आए

१ साउन, काठमाडौं । सन् २०१९ को ६ महिना अवधिमा नेपाल आउने पर्यटक संख्या अघिल्लो वर्षको तुलनामा सामान्य बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार ६ महिना (जनवरी–जुन) मा कूल ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक नेपाल आएका छन् । सन् २०१८ को ६ महिनामा ५ लाख २० हजार १४ जना पर्यटक […]

थपिदै हेलिकोप्टर कम्पनी, मुस्ताङले पायो ४ हेलि ल्याउने अनुमति

१ साउन, काठमाडौं । मुस्ताङ हेलिकोप्टर्स प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ४ वटा हेलिकोप्टर्स किन्ने अनुमति प्राप्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कम्पनीले लाइसेन्स प्राप्त गरिसकेपछि प्राधिकरणले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गर्छ । कम्पनीले सोमबार एनओसी प्राप्त गरेको हो । प्राधिकरण स्रोतका अनुसार मुस्ताङलाई दुई थान ‘एयरबस एनवान२४’ र दुई […]

हिमालयन ईथ्निक फूड फेस्ट सकियो

२९ असार, काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजनामा राजधानीमा ‘हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड’ सम्पन्न भएको छ । यस कार्यक्रमलाई ग्लोरी मिडियाले ईभेन्ट व्यवस्थापन गरेको थियो । २५ असारबाट शुरु कार्यक्रम ४ दिनसम्म चलेको थियो । फेष्टअन्तर्गत २५ र २६ असारमा होमस्टे भ्रमण तथा अध्ययन, २७ असारमा होटल–रेस्टुरेण्ट भ्रमण तथा अध्ययन […]

ढाका उड्ने भयो हिमालय एयरलाइन्स, ६ साउनमा पहिलो उडान

२६ असार, काठमाडौं । निजी लगानीको नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले नेपालबाट बंगलादेशको राजधानी ढाकामा सिधा उडान गर्ने भएको छ । ६ साउनबाट काठमाडौं–ढाका–काठमाडौं रुटमा नियमित उडान गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । यस रुटमा कम्पनीले १५० इकोनोमी क्लास र ८ प्रिमियम इकनोमी क्लास सीट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ बाट उडान […]

एभरेष्ट होटल सञ्चालनको तयारी, सम्पर्कमा आउन कर्मचारीलाई १५ दिने म्याद

२५ असार, काठमाडौं । बन्द अवस्थामा रहेको बानेश्वरस्थित होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडले नियमित काममा फर्किन श्रमिकहरुलाई आग्रह गरेको छ । सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले बुधबार एक सूचना जारी गर्दै आफ्ना सबै कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो । होटलको मानव संशाधन विभागले काममा फर्कन इच्छुक श्रमिकलाई १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र […]

नेपाल एयरलाइन्सको चीन उडान पछि धकेलियो, ‘सेफ्टी अडिट’ गर्न चिनियाँ टोली आउँदै

२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई ग्वाङझाउमा आफ्नो जहाज उडाउन प्रारम्भिक स्वीकृति दिएको चीनले अहिले आएर नयाँ झमेला निकालेको छ । आफ्नो विज्ञ टोलीले निगमको ‘सेफ्टी अडिट’ गरेपछि मात्रै अनुमति दिनेबारे निर्णय लिने उसले जनाएको छ । अनुमति प्रक्रियाका क्रममा निगमले पठाएका कागजातमा चित्त नबुझाएर चीनले अडिट टोली नेपाल पठाउन लागेको हो । निगमका […]

गर्मी छल्न पोखरा आउँछन् भारतीय पर्यटक

२३ असार, पोखरा । भारतको उत्तर प्रदेश, आगराका केबी कुमार करिब २ हप्ताअघि नेपाल आएका थिए । ७ जना साथीसहित नेपाल आएका उनी पोखरा, मुक्तिनाथ र काठमाडौं पुगेर फर्किएका थिए । बुधबार आगरामा भेटिएका उनले नेपाल सुन्दर देश भएको र त्यसमा पनि पोखरा अझै सुन्दर लागेको प्रतिक्रिया दिए । पतनाका कमलेशले भारतको गर्मी छल्न पोखरा […]

खुकुलो भयो क्यासिनो मापदण्ड, सीमा क्षेत्रका तारे होटललाई फाइदा

२२ असार, काठमाडौं । सरकारले क्यासिनो खोल्न आवश्यक प्रावधान खुकुलो बनाएको छ । गत साता मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको क्यासिनो नियमावलीको चौथो संशोधनले क्यासिनो स्थापनालाई सहज बनाएको हो । संशोधनले अन्तर्राष्ट्रिय सीमाना र क्यासिनो रहने होटल बीचको दूरी घटाएको छ । क्यासिनो नियमावलीमा अन्तर्राष्ट्रिय सीमाना र क्यासिनो रहेको स्थानबीचको दूरी ५ किलोमिटर रहेको थियो । […]

युनेस्कोको चेतावनी : चितवन निकुञ्जभित्र सडक नबनाऊ

१८ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले चितवन राष्ट्रिय निकुञ्जभित्र नयाँ सडक नबनाउन र भएका सडकको पनि व्यवसायिक प्रयोजनका लागि स्तरोन्नती नगर्न सरकारलाई फेरि सचेत गराएको छ । सरकारले आफूले भनेको नमानेमा विश्वसम्पदा सूचीमा रहेको चिवतन राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्ने चेतावनीसमेत दिएको छ । अजरवैजानको बाकुमा हालै भएको युनेस्कोको […]

निगममा आर्थिक संकट ! प्रधानमन्त्रीको चेतावनीले काम गर्ला ?

१६ असार, काठमाडौं । २०७४ साउनदेखि २०७५ जेठसम्म नेपाल वायुसेवा निगमको जहाज चढेर विदेश उड्ने यात्रुको संख्या ३ लाख ४७ हजार ५ सय २८ थियो । २०७५ साउनदेखि २०७६ जेठसम्मको १० महिनामा यो संख्या ५ लाख ६९ हजार ७ सय ३४ पुग्यो जुन ६३.५ प्रतिशतको वृद्धिदर हो । यस अवधिमा निगमले दुइ वाइडबडी जहाज ए३३०-२०० […]

त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन

१५ असार, काठमाडौं । धावनमार्ग पुनस्र्थापना गर्न १४ घण्टामात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ । करीव ४० वर्ष पुरानो धावनमार्ग मर्मत गर्न गत १८ चैतदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्र सञ्चालन गरिएको थियो । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द थियो । यस अवधिमा त्रिभुवन विमानस्थलबाट हुने […]

जहाजमा बम भेटिए के गर्ने ? विमानस्थलमा गरियो पूर्वअभ्यास

१३ असार, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार दिउँसो ३ः१० बजेदेखि ३ः४० सम्म पूर्णतया बन्द भयो । विमानस्थलमा ओर्लिएको ‘एक्सरसाइज एयरलाइन्स’को जहाजलाई विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा बनाइएको रिमोट पार्किङ वेमा लगियो । हतारहतार यात्रुलाई बाहिर निकालियो, जहाजलाई सुरक्षाकर्मीले घेरा हाले । त्यतिन्जेलसम्म दमकल, एम्बुलेन्स पुगिसकेका थिए । जहाजमा बम भएको सूचना आएको भन्दै यात्रु र जहाजको […]

उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त

१३ असार, काठमाडौं । नेपाली नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पोखरेललाई आगामी ४ वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको हो । २०४७ सालमा तत्कालीन हवाई विभागमा प्राविधिक अधिकृतका रुपमा सेवा प्रवेश गरेको उनी प्राधिकरणमा हवाइ सुरक्षा नियमन विभागका उपमहानिर्देशक थिए […]

१४ वटा पुगे पाँचतारे होटल, काठमाडौं मेरियट कान्छो सदस्य

१३ असार, काठमाडौं । काठमाडौंको नक्सालमा हालै सञ्चालनमा आएको काठमाडौं मेरियट होटलले पाँचतारे प्रमाणपत्र प्राप्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले २ असारमा पाँचतारे मान्यता प्रदान गरेको हो । यससँगै अब देशमा पाँचतारे होटलको संख्या १४ पुगेको छ । अन्तर्राष्ट्रिय होटल चेन ब्राण्ड मेरियटको नेपालमा दोस्रो होटल हो काठमाडौं मेरियट […]

बोइङ बेच्न निगमले निकाल्यो टेन्डर, न्यूनतम मूल्य ८५ करोड

१२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले बोइङ ७५७ जहाज बिक्रि गर्न टेन्डर आहृवान गरेको छ । न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्रि मूल्य तोकेर टेन्डर आह्वान गरिएको हो । निगमले बुधबारदेखि लागु हुने गरी प्रकाशित टेण्डरको समयावधि ४५ दिन राखिएको […]

नेपाल भित्रियो कोरियन फ्रेन्चाइज ब्राण्ड लोट्टे, नेपालमा लोट्टेरिया खुल्दै

१० असार, काठमाडौं । गैरआवासीय नेपालीको पहलमा कोरियाली फ्रेन्चाइज रेष्टुरेन्ट ब्राण्ड ‘लोट्टे’ नेपाल भित्रिएको छ । कोरियाको सबैभन्दा ठूलो चेन ब्राण्ड लोट्टे ग्रुपले अहिले कोरियामा १३ सयसहित आधा दर्जन मुलुकमा १६ सय रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ । लोट्टे ग्रुपले नेपाली कम्पनी हिमालय एनकेमार्फत रेष्टुरेन्ट ब्राण्ड नेपाल भित्र्याउन लागेको हो । यस कम्पनीका सञ्चालक विनोद कुँवर […]

पर्यटक प्रहरीको छुट्टै मोबाइल एप, ठमेलमा सूचना केन्द्र

१० असार, काठमाडौं । पर्यटकका उजुरी सुन्ने तथा अत्यावश्यक सूचना प्रवाह गर्ने उद्देश्यले पर्यटक प्रहरीले छुट्टै मोवाइल एप सञ्चालनको तयारी गरेको छ । एक साताभित्रै एप सञ्चालन गर्न लागिएको प्रहरी निरीक्षक तथा पर्यटक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए । ‘हामी नेपालमा पर्यटकले के गर्नु हुन्छ र हुँदैन भन्ने सूचना, कानूनी विषयलगायत अत्यावश्यक जानकारी एपमा […]

पर्यटक प्रहरीमा उजुरी : सामान हराएकोदेखि आफैं हराएकोसम्म

१० असार, काठमाडौं । पटक–पटक हुने बन्द–हड्ताल, कमजोर भौतिक पूवार्धार, दूर्घटनाजस्ता कारणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खराब प्रचार हुने गर्छ । यसको सीधा असर पर्यटन उद्योगमा पर्छ । तर, पछिल्लो समय नेपालको पर्यटन क्षेत्र निकै सुरक्षित देखिएको छ । सन् २०१८ मा आएका कूल ११ लाख ७३ हजार ७२ जना पर्यटकमध्ये केवल ६ सय १९ जना […]