+
+
Shares

नेपाली आरोही तेन्जिङ डेभिडले गरे ५ दिनमा तीन हिमाल आरोहण

तेन्जिङ डेभिडले ३ जेठमा नुप्त्से, ६ जेठमा सगरमाथा र ७ जेठमा ल्होत्से हिमालको सफल आरोहण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली आरोही तेन्जिङ डेभिड शेर्पाले ५ दिनमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।
  • उनले ३ जेठमा नुप्त्से, ६ जेठमा सगरमाथा र ७ जेठमा ल्होत्से हिमालको आरोहण पूरा गरेका हुन् ।
  • एकै सिजनमा तीन ठूला हिमाल आरोहण गर्ने तेन्जिङ एसियन ट्रेकिङका निर्देशक समेत हुन् ।

१० जेठ, काठमाडौं । नेपाली आरोही तेन्जिङ डेभिड शेर्पाले पाँच दिनमा सर्वोच्च शिखर सगरमाथा सहित तीन हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

तेन्जिङ एसियन ट्रेकिङ प्रालिको व्यवस्थापनमा आरोहणमा गएका थिए । कम्पनीका प्रबन्ध निर्देशक दावा स्टेभन शेर्पाका अनुसार तेन्जिङले पाँच दिनमा सगरमाथा (८८४८ मिटर), ल्होत्से (८५१६ मिटर) र नुप्त्से (७८१६ मिटर) को सफल आरोहण गरेका हुन् ।

तेन्जिङले ३ जेठमा नुप्त्से, ६ जेठमा सगरमाथा र ७ जेठमा ल्होत्से हिमालको सफल आरोहण गरेका हुन् ।

एकै सिजनमा सर्वोच्च शिखर सहित तीन ठूला हिमालको सफल आरोहण गर्ने थोरै आरोहीमध्येमा तेन्जिङ डेभिड परेको एसियन ट्रेकिङले जनाएको छ । तेन्जिङ डेभिड एसियन ट्रेकिङका निर्देशक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?