+

फिफा विश्वकप २०२६ : इरानको प्रशिक्षण मेक्सिकोमा सर्‍यो

२०८३ जेठ  १० गते १८:२९ २०८३ जेठ १० गते १८:२९
फिफा विश्वकप २०२६ : इरानको प्रशिक्षण मेक्सिकोमा सर्‍यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले अमेरिका र इरानबीचको तनावका कारण सन् २०२६ को फिफा विश्वकपको प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्ने निर्णय गरेको छ।
  • इरानी फुटबल अधिकारी मेहदी ताजले प्रशिक्षण स्थल परिवर्तन गर्न फिफाबाट अनुमति पाइसकेको दाबी गर्नुभयो।
  • प्रशिक्षण शिविर सरे पनि विश्वकपमा इरानका खेलहरूको पूर्वतालिका परिवर्तन नहुने फिफाले स्पष्ट पारेको छ।

९ जेठ, काठमाडौं । इरानले आगामी फिफा विश्वकप २०२६ का लागि आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनबाट मेक्सिकोको टिजुआनामा सार्ने निर्णय गरेको छ ।

इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले फिफाबाट टोलीलाई प्रशिक्षण स्थल परिवर्तन गर्न अनुमति प्राप्त भइसकेको दाबी गरे । इरान र अमेरिकाबीच जारी तनावका कारण खेलाडीहरूको अमेरिका प्रवेशमा समस्या हुन सक्ने भएपछि यो निर्णय गरिएको बताइएको छ ।

इरान समूह ‘जी’ मा परेको छ, जहाँ उसले बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

इरानका खेलहरू अमेरिकाको क्यालिफोर्नियास्थित सोफी स्टेडियम र सिएटलस्थित लुमेन फिल्डमा हुने तय भएको छ ।

फिफाले प्रतियोगिताको तालिकामा भने कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ ।

इरान फुटबल फिफा विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय