News Summary
Generated by OK AI. Editorially reviewed.- मेक्सिकोले फिफा विश्वकपको तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा घानालाई २–० ले पराजित गरेको छ ।
- मेक्सिकोको जितमा खेलको दोस्रो मिनेटमा ब्रायन गुटिएरेज र ५२औं मिनेटमा गुइलेर्मो मार्टिनेजले गोल गरे ।
- यो जितसँगै मेक्सिकोको अपराजित यात्रा ६ खेल पुगेको छ भने घानाका प्रशिक्षक कार्लोस क्वेरोजले पहिलो खेलमै हार बेहोरे ।
१० जेठ, काठमाडौं । मेक्सिकोले फिफा विश्वकपको तयारीस्वरुप भएको मैत्रीपूर्ण खेलमा घानालाई २–० ले पराजित गरेको छ ।
मेक्सिकोका लागि खेलको दोस्रो मिनेटमै ब्रायन गुटिएरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५२औं मिनेटमा गुइलेर्मो मार्टिनेज ले अर्को गोल थप्दै जित पक्का गरे ।
यो जितसँगै मेक्सिकोको अपराजित यात्रा ६ खेल पुगेको छ । मेक्सिकोले आफ्नो पहिलो विश्वकप खेल जुन ११ मा दक्षिण अफ्रिकासँग खेल्नेछ ।
यता, कार्लोस क्वेरोज ले घानाको प्रशिक्षकका रूपमा पहिलो खेलमै हार बेहोरे । घानाले विश्वकपमा आफ्नो पहिलो खेल जुन १७ मा पानामाविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया 4