News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले सिंगापुरमा हुने एसियन गेम्स क्रिकेट छनोटका लागि पुरुष राष्ट्रिय टोली घोषणा गरेको छ।
- टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्।
- प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ र शीर्ष चार टोलीले एसियन गेम्समा स्थान सुरक्षित गर्नेछन्।
१० जेठ, काठमाडौं । सिंगापुरमा ३१ मे देखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो । कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।
यसअघि यूएईसँगको शृङ्खलामा नखेलेका रोहित पौडेल, सोमपाल कामी र करण केसी टोलीमा फर्किएका छन् ।
छनोट प्रतियोगितामा नेपाल* समूह ए मा मलेसिया, कतार र चीनसँगै परेको छ । समूह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ।
एसियन गेम्समा क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ ।
नेपालले यसअघि आईसीसी वरियताका आधारमा सिधै एसियन गेम्स खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएर कीर्तिमान समेत बनाएको थियो ।
(*यसअघि भुलवश समूह विभाजन गलत हुन गएकोमा सच्याइएको छ-सं)
प्रतिक्रिया 4