+

दुर्लभ पाउलो रोसी : एकै पटक विश्वकप, गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी

२०८३ जेठ  १० गते १७:५६ २०८३ जेठ १० गते १७:५६
दुर्लभ पाउलो रोसी : एकै पटक विश्वकप, गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटलीका पाओलो रोसीले सन् १९८२ को फिफा विश्वकपमा उपाधिसहित गोल्डेन बल र गोल्डेन बुटको अवार्ड जितेका थिए ।
  • उनले सो प्रतियोगितामा कुल ६ गोल गर्दै इटलीलाई विश्वकपको उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए ।
  • सन् २०२० डिसेम्बरमा ६४ वर्षको उमेरमा निधन भएका रोसीले आफ्नो खेल जीवनमा इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे ।

१० जेठ, काठमाडौं । फिफा विश्वकपको एकै संस्करणमा विश्वकप उपाधिसँगै गोल्डेन बल र गोल्डेन बुटको अवार्ड जित्दा कस्तो होला ? विश्वकप ट्रफी, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्दाको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन ।

इटलीका पाओलो रोसी त्यस्तै खेलाडी हुन् जसले सन् १९८२ मा फिफा विश्वकपको उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने । उनले फिफा विश्वकप ट्रफी मात्र उचालेनन् सँगै गोल्डेन बुट र गोल्डेन बलको अवार्ड पनि त्यही विश्वकपमा उचाल्ने अवसर पाए ।

उनी सम्मिलित इटालियन टिमले विश्वकप उपाधि जित्यो । उत्कृष्ट खेलाडी बन्दै उनले गोल्डेन बल र सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटसमेत जिते । उनले इटलीलाई विश्वकप जिताउनका लागि उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६ गोल गरेका थिए ।

स्पेनमा भएको १९८२ को १२औं संस्करणदेखि नै विश्वकपमा उत्कृष्ट खेलाडीका लागि गोल्डेन बुट र सर्वाधिक गोलकर्ताका लागि गोल्डेन बल दिन थालिएको थियो । पहिलो पटकमै रोसीले अवार्डमा क्लिन स्वीप गरे ।

इटालीले फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए । समूह चरणमा गोल गर्न नसकेपछि रोसीले दोस्रो चरणमा उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३–२ ले पराजित गर्दा ह्याट्रिक गरेका थिए । यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २–० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।

विश्वकपका साथै रोसीले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए । रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे ।

सन् २०२० डिसेम्बरमा ६४ वर्षको उमेरमा उनको निधन भएको थियो ।

पाउलो रोसी फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय