News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेटर इशान पान्डे र गुल्शन झा बेल्जियममा हुने इयू टी-२० लिग खेल्न जाने भएका छन् ।
- जेबी ब्रुग्स टोलीमा अनुबन्ध भएका उनीहरूबाहेक अन्य नेपाली खेलाडीहरू भने एसियन गेम्स छनोटका कारण नजाने भएका हुन् ।
- क्यानका प्रवक्ता छुम्बी लामाले त्यहाँ खेल्न जाने दुई जना मात्र भएको बताए ।
१० जेठ, काठमाडौं । नेपाली क्रिकेटर इशान पान्डे र गुल्शन झा बेल्जियममा हुने इयू टी-२० लिग बेल्जियम खेल्न जाने भएका छन् ।
प्रतियोगितामा जेबी ब्रुग्सको टोलीमा अनुबन्ध भएका उनीहरू त्यहाँ खेल्न जान चयन भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
उक्त प्रतियोगितामा अन्य नेपाली खेलाडीहरू पनि विभिन्न टोलीमा अनुबन्ध भएका छन् । तर अन्य खेलाडीहरू भने राष्ट्रिय टोलीबाट एसियन गेम्सको छनोटमा खेल्नुपर्ने भएकाले नजाने भएका हुन् ।
‘त्यहाँ खेल्न जाने उहाँहरू दुई जना मात्र हो, अन्य खेलाडीहरू राष्ट्रिय टिमबाटै खेल्नु पर्ने भएर हो’ क्यानका प्रवक्ता छुम्बी लामाले अनलाइनखबरसँग भने ।
जेबी ब्रुग्सकै अर्का खेलाडी अनिल साह ए टोलीको कप्तान छन् । नेपाल ए टोलीले उत्तराखण्डमा खेल्न जाँदै छ ।
इयू टी-२० लिग बेल्जियम जुन ६ देखि सुरु हुँदैछ । एसियन गेम्स छनोट मे ३१ देखि जुन ९ सम्म चल्नेछ । दुई प्रतियोगिताको मिति जुधेकाले सबै खेलाडीहरू नजाने भएका हुन् ।
प्रतियोगिताका लागि नेपाली टी-२०आई कप्तान दीपेन्द्रसिंह ऐरी पनि जेबी ब्रुग्समै अनुबन्धित थिए भने अनिल साह र ललित राजवंशी पनि जेबीमै अनुबन्धित थिए ।
रोहितलाई गेन्ट ग्लाडियटर्सले क्याटेगोरी ‘बी’ बाट साइन गरेको थियो भने विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्समा अनुबन्ध भएका थिए ।
प्रतिक्रिया 4