+

दुई पटक गोल्डेन बल जित्ने मेस्सी मात्र, अरु को-को भए सर्वोत्कृष्ट खेलाडी ?

२०८३ जेठ  १० गते १२:४६ २०८३ जेठ १० गते १२:४६
दुई पटक गोल्डेन बल जित्ने मेस्सी मात्र, अरु को-को भए सर्वोत्कृष्ट खेलाडी ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ सुरु हुन अब केही साता मात्र बाँकी छ र टिमहरू तयारीमा व्यस्त छन् ।
  • विश्वकपमा उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड प्रदान गरिन्छ ।
  • सन् १९८२ देखि विश्वकपमा गोल्डेन बल र गोल्डेन बुट अवार्ड दिइन थालिएको हो र २०२२ मा लियोनल मेसीले गोल्डेन बल जितेका थिए ।

१० जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ सुरु हुन अब केही साता मात्र बाँकी छ । अहिले विश्वकप खेल्ने टिमहरू तयारीमा व्यस्त छन् । विश्वकप उपाधि कसले जित्ला भनेर सबैमा कौतुहलता छ ।

उपाधिको चर्चासँगै यस पटक कुन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ला को चम्किएला नयाँ स्टार को जन्मिएला जस्ता जिज्ञासाहरू पनि स्वभाविक रुपमा उठिरहेका छन् ।

विश्वकप जस्तो मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताउनुको मज्जै बेग्लै हुन्छ । यस्तै व्यक्तिगत रुपमा उत्कृष्ट खेलाडी बन्नुको महत्व पनि फरक हुन्छ ।

विश्वकप फुटबलमा व्यक्तिगत विधातर्फ पनि विभिन्न अवार्डहरू हुन्छ । जसमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ ।

जसमा प्रतियोगिताभरकै उत्कृष्ट खेलाडीलाई गोल्डेन बल अवार्ड प्रदान गरिन्छ । उत्कृष्ट मध्ये दोस्रो उत्कृष्टलाई सिल्भर बल र तेस्रो उत्कृष्टलाई ब्रोन्ज बल प्रदान गरिन्छ ।

सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा उत्कृष्ट खेलाडीलाई गोल्डेन बल र सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको थियो । त्यसअघि सर्वाधिक गोल गर्ने र उत्कृष्ट खेलाडी छुट्याइए पनि छुट्टै आधिकारिक अवार्ड दिने चलन भने थिएन ।

सन् १९८२ मा पहिलो पटक इटलीका पाओलो रोसीले गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । १९८२ देखि एडिडास गोल्डेन शु को नाममा प्रदान गर्न थालिएको अवार्ड २०१० देखि एडिडास गोल्डेन बुटको रुपमा प्रदान गर्न थालिएको हो ।

विश्वकपका उत्कृष्ट खेलाडीहरू

१९३० जोस नासाजी (उरुग्वे)
१९३४ गुसेप्पे मेएज्जा (इटली)
१९३८ लियोनिडास (ब्राजिल)
१९५० जिजिन्हो (ब्राजिल)
१९५४ फेरेन्स पुस्कास (हंगेरी)
१९५८ डिडी (ब्राजिल)
१९६२ गारिन्चा (ब्राजिल)
१९६६ बबी चार्ल्टन (इंग्ल्याण्ड)
१९७० पेले (ब्राजिल)
१९७४ योहान क्रफ (नेदरल्याण्ड्स)
१९७८ मारियो केम्पस (अर्जेन्टिना)

उत्कृष्ट हुँदै गोल्डेन बल जित्ने खेलाडीहरू

१९८२ पाउलो रोसी (इटली)
१९८६ डिएगो म्याराडोना (अर्जेन्टिना)
१९९० साल्भाटोर सिलाची (इटली)
१९९४ रोमारियो (ब्राजिल)
१९९८ रोनाल्डो (ब्राजिल)
२००२ ओलिभर काहन (जर्मनी)
२००६ जिनेदिन जिदान (फ्रान्स)
२०१० डिएगो फोर्लान (उरुग्वे)
२०१४ लिओनल मेसी (अर्जेन्टिना)
२०१८ लुका मोडरिच (क्रोएसिया)
२०२२ लियोनल मेसी (अर्जेन्टिना)

गोल्डेन बल फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय