+

बुद्धिचाल महासंघको विशेष साधारण सभा दुई स्थानमा, नेतृत्वले अविश्वास प्रस्ताव सामना गर्ने

२०८३ जेठ  १० गते ७:५२ २०८३ जेठ १० गते ७:५२
बुद्धिचाल महासंघको विशेष साधारण सभा दुई स्थानमा, नेतृत्वले अविश्वास प्रस्ताव सामना गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल बुद्धिचाल महासंघमा नेतृत्वमाथि परेको अविश्वास प्रस्तावमा छलफल गर्न दुई स्थानमा विशेष साधारण सभा आइतबार हुँदैछ।
  • अविश्वास प्रस्तावमा अध्यक्ष हेराकाजी महर्जनको कार्यशैली, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामा प्रश्न उठाइएको छ।
  • महासंघको बेरुजु रकम ५४ लाखभन्दा माथि पुगेको र बजेट वितरणमा पक्षपात भएको आरोप लगाइएको छ।

१० जेठ, काठमाडौं । अखिल नेपाल बुद्धिचाल महासंघमा नेतृत्वमाथि परेको अविश्वासको प्रस्तावमा छलफल गर्न महासंघको विशेष साधारण सभा आइतबार दुई स्थानमा हुँदैछ ।

पछिल्लो समय बढ्दै गएको आन्तरिक विवादका कारण महासंघको नेतृत्वमाथि अविश्वासको प्रस्ताव परेको थियो । नेतृत्वमाथि अविश्वासको प्रस्ताव पेश भएपछि विशेष साधारण सभा बोलाइएको हो ।

महासंघको आन्तरिक विवाद छताछुल्ल हुँदा अहिले अहिले विशेष साधारण सभा नै दुई स्थानमा हुन लागेको हो ।

महासंघ अध्यक्ष हेराकाजी महर्जन समूहले मकवानपुरको हेटौडामा विशेष साधारण सभा गर्देछन् । महर्जन र महासचिव धरमबहादुर लामा विरुद्ध अविश्वासको प्रस्ताव हालेका अर्को समूहले काठमाडौंको स्वयम्भुस्थित स्वयम्भु पिस होटलमा विशेष साधारण सभा डाकेको छ ।

अविश्वासको प्रस्ताव सामना गर्ने भन्दै हेराकाजी महर्जन लगायतको टोली हेटौँडामा पुगेको छ । यता अविश्वास प्रस्ताव ल्याउने महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई सहितको समूहले काठमाडौंमा साधारण सभा गर्ने तयारी गरेको छ ।

महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार नेपाल बुद्धिचाल महासंघको कार्यसमिति बैठकले निर्णय गरे बमोजिम महासंघको विशेष साधारणसभा जेठ १० गते आइतबार क्लब हेटौंडा, हेटौंडा–४, मकवानपुरमा हुनेछ । अर्को समूहले पनि काठमाडौंमा विशेष साधारण सभा गर्ने भनेर सूचना पठाएको छ ।

वैशाख १२ गते अध्यक्ष हेराकाजी महर्जन तथा महासचिव धरमबहादुर लामा विरुद्ध बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले ४० जना साधारणसभाका प्रतिनिधिहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव निवेदन पेश गरेका थिए ।

अविश्वास प्रस्ताव माथि वैशाख ३० गते बसेको बैठकले विधानको परिच्छेद ७ दफा २२ उपदफा २ मा स्पष्ट रूपमा उल्लेखित ‘उपदफा १ बमोजिम दर्ता हुन आएको अविश्वासको प्रस्ताव माथि छलफल र निर्णयका लागि सम्बन्धित कार्यसमितिले ३५ दिनभित्र विशेष साधारणसभा बस्ने गरी सूचना दिनु पर्नेछ’ भन्ने व्यवस्था अनुसार मिति, समय र स्थानको निर्णय भएको ताम्राकारले जानकारी दिए ।

फिडे डेलिगेट अमित खन्ना नेपालमा

केन्द्रीय कार्यसमितिले बहुमतद्वारा अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि विशेष साधारणसभा मकवानपुरको हेटौंडामा गर्ने निर्णय गरेको प्रवक्ता ताम्राकारको भनाइ छ । यद्यपि सो स्थानका सम्बन्धमा केहीले लिखित असहमति जनाएको पनि ताम्राकारले जानकारी दिए ।

विशेष साधारणसभामा पर्यवेक्षकको निष्पक्ष भूमिकाका लागि आफ्नो छाता संस्थाहरु वर्ल्ड चेस फेडेरेशन तथा राष्ट्रिय खेलकुद परिषदमा लिखित जानकारी पेश गरिएकोमा फिडे डेलिगेट अमित खन्ना आइपुगेको ताम्राकारले बताए ।

नेतृत्व विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि अहिल महासंघभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा देखिएको हो ।

हेराकाजी महर्जनमा प्रश्न

अर्को समूहले अध्यक्ष हेराकाजी महर्जनको कार्यशैली, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाइरहेका छन् । महासंघभित्र लामो समयदेखि आर्थिक विचलन, अपारदर्शी खर्च र संस्थागत जिम्मेवारी पूरा नगरेको आरोप वरिष्ठ उपाध्यक्ष राई लगायतले लगाउँदै आएका छन् ।

महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटका अनुसार महासंघको बेरुजु रकम ५४ लाख रुपैयाँभन्दा माथि पुगेको छ । राखेपबाट विभिन्न शीर्षकमा ल्याइने बजेटको समयमै फरफारक नगर्ने, अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त रकम र कार्यक्रमको स्पष्ट हिसाब नदेखाउने जस्ता समस्या संस्थाभित्र बढ्दै गएको उनीहरुको आरोप छ ।

यसैगरी खेलाडी छनोट, प्रतियोगितामा सहभागिता र बजेट वितरणमा समेत पक्षपात भएको आरोप लागिरहेको छ ।

बुद्धिचाल महासंघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय