News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ७० जना भन्दा बढी घाइते भएका छन्।
- आइतबार भएको विस्फोटले रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुईवटा डिब्बा पल्टिएका थिए।
- रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले क्वेटामा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेका छन्।
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् ।
आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको थियो भने नजिकैका घरहरूमा पनि क्षति पुगेको छ।
घटनापछि घटनास्थलमा सेना र प्रहरी परिचालित भएका छन् । अधिकारीहरूले विस्फोटको कारण वा हताहतको संख्याको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेका छैनन् ।
रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले क्वेटामा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेका छन्।
रेलवे प्रवक्ताद्वारा जारी विज्ञप्तिमा रेलमन्त्री हनिफ अब्बासीले भनेका छन्, ‘क्वेटा क्यान्टबाट आउँदै गरेको शटल ट्रेन चमन गेट नजिकै विस्फोटमा परेको थियो ।’
उनका अनुसार विस्फोटका कारण इन्जिनसहित तीनवटा कोच पटरीबाट खसेका थिए भने दुईवटा कोच पल्टिएका थिए।
प्रतिक्रिया 4