+
+
Shares

चितवन निकुञ्जमा पर्यटक आगमन बढ्यो   

रासस रासस
२०८२ चैत ६ गते १२:१४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा १२ हजार ४१२ ले बढेको छ।
  • निकुञ्जमा गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिए भने यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले भ्रमण गरेका छन्।
  • निकुञ्जले चालु आवमा १७ करोड ५७ लाख ५६ हजार ३२५ रुपैयाँ राजस्व संकलन गरेको छ।

६ चैत, चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरूमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका थिए ।

यो सङ्ख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो । यस्तै सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उनले जानकारी दिए । गत वर्ष यो सङ्ख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो ।

निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटकहरू आउने गर्दछन् । निकुञ्जले चालु आवमा १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व संकलन गरेको छ ।

काठ दाउरा बिक्रीबापत ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत रु ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट रु १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट सात लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?