+
+
Shares

नेवानि महाप्रबन्धकमा १० जनाको नाम ‘सर्टलिस्ट’, को-को परे ?

पर्यटन मन्त्रालयका अनुसार यो सूचीमा निगममै कार्यरत वरिष्ठ पाइलट दिपु ज्वार्चन र टंकनिधि दाहाल समेत छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगम महाप्रबन्धक पदका लागि १० जनाको नाम सर्टलिस्टमा परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
  • सर्टलिस्टमा निगमका वरिष्ठ पाइलट दिपु ज्वार्चन र टंकनिधि दाहालसहित १० जना छन् र १४ र १५ माघमा कार्ययोजना प्रस्तुति हुने छ।
  • कार्ययोजना प्रस्तुतीपछि तीन जनाको नाम छनोट समितिले नियुक्तिका लागि सिफारिस गर्ने छ र निगम नेतृत्वविहीन छ।

४ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रक्रिया अन्तर्गत १० जनाको नाम ‘सर्टलिस्ट’ मा परेको छ ।

कुल १६ जनाको आवेदन परेकोमा नेपाल वायुुसेवा निगम महाप्रबन्धक छनोट कार्यविधि २०८२ बमोजिम रीतपूर्वक आवेदन दिने १० जनाको नाम सर्टलिस्टमा परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो सूचीमा निगममै कार्यरत वरिष्ठ पाइलट दिपु ज्वार्चन र टंकनिधि दाहाल समेत छन् ।

यसबाहेक उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, बेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत छन् ।

सर्टलिस्टमा परेका आकांक्षीको १४ र १५ माघमा कार्ययोजना प्रस्तुतिको समय तोकिएको छ । त्यसबाट तीन जनाको नाम छनोट समितिले नियुक्तिका लागि सिफारिस गर्ने छ । युवराज अधिकारीको कार्यकाल सकिएपछि अहिले निगम नेतृत्वविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?