+
+
Shares

स्थापना दिवसमा आरोहीलाई पर्वतारोहण संघको सम्मान

पुरस्कार विजेतालाई सुनजडित पदक प्रदान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्वतारोहण संघले आफ्नो ५२औं वार्षिकोत्सवमा आरोही र पत्रकारलाई सम्मान गरेको छ।
  • नेपाल प्रहरीकी सई कुन्जाङछोपाल शेर्पा ‘पासाङल्हामु शेर्पा साहसी महिला पर्वतारोही पुरस्कार’बाट सम्मानित भइन्।
  • मिङ्मातेन्जी शेर्पालाई ‘कुमार खड्गविक्रम शाह एडभेन्चर अवार्ड’ र सिद्धिबहादुर तामाङलाई ‘डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार’ प्रदान गरिएको छ।

१६ कात्तिक, काठमाडौं । नेपाल पर्वतारोहण संघले आफ्नो ५२औं वार्षिकोत्सवका अवसरमा आरोहीलाई सम्मान गरेको छ ।

सोही अवसरमा नेपाल प्रहरीकी सई कुन्जाङछोपाल शेर्पा सम्मानित भइन् । ‘पासाङल्हामु शेर्पा साहसी महिला पर्वतारोही पुरस्कार’ बाट उनी सम्मानित भइन् ।

उनले सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकारीको कीर्तिमान बनाएकी थिइन् । पुरस्कार विजेतालाई सुनजडित पदक प्रदान गरिएको छ ।

कार्यक्रममा तीन पर्वतारोही र दुई पत्रकारलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै ४ वटा ८ हजार मिटरभन्दा माथिका शिखर डाउन फेदरविना आरोहण गरेर इतिहास रच्ने मिङ्मातेन्जी शेर्पालाई ‘कुमार खड्गविक्रम शाह एडभेन्चर अवार्ड’ प्रदान गरियो ।

विश्वको दोस्रो अग्लो शिखर केटुमा कीर्तिमान बनाएका सिद्धिबहादुर तामाङले ‘डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार’ पाए । संघले हरेक वर्ष वार्षिकोत्सवमा कीर्तिमानी आरोही, हिमाल पर्यटनसँग सरोकारवालालाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?