+
+
Shares

काठमाडौं महानगरको अब पर्यटन प्रहरी सेल

नगर प्रहरी निरीक्षक एलिजा नेपालको कमान्डमा २२ जना नगर प्रहरी पर्यटन प्रहरी सेल गठन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आजदेखि २२ सदस्यीय पर्यटन प्रहरी सेल गठन गरी सांस्कृतिक क्षेत्रको सुरक्षा र पर्यटकको सहजीकरण गर्ने जनाएको हो।
  • नगर प्रहरी निरीक्षक एलिजा नेपालको कमान्डमा गठन भएको यस सेलले काठमाडौं दरबार स्क्वायर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ जस्ता सांस्कृतिक क्षेत्रमा काम गर्नेछ।
  • यसअघि ललितपुर महानगरपालिकाले पनि पर्यटक प्रहरी गठन गरेको थियो।

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको छ ।

महानगरले आफ्नो पालिकाभित्रका मूर्त तथा अमूर्त सम्पदा र पर्यटकको सुरक्षा र सहजीकरणका लागि आजदेखि महानगर पर्यटन तथा सम्पदा प्रहरीे सेल गठन गरी परिचालन गरिएको जनाएको हो ।

नगर प्रहरी निरीक्षक एलिजा नेपालको कमान्डमा २२ जना नगर प्रहरी पर्यटन प्रहरी सेल गठन भएको हो । यो सेलले काठमाडौं महानगरभित्र रहेको काठमाडौं दरबार स्क्वायर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ जस्ता सांस्कृतिक क्षेत्रमा सुरक्षासँगै पर्यटकीय सहजीकरणका काम गर्ने छ ।

यसअघि ललितपुर महानगरपालिकाले पनि पर्यटक प्रहरी गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?