News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव मुकेश डंगोललाई दिइएको छ।
- महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि पद रिक्त भएको थियो।
- प्रधानमन्त्री तथा मन्त्रीस्तरको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म डंगोललाई महानिर्देशकको जिम्मेवारी थपिएको मन्त्रालयले बताएको छ।
१९ मंसिर, काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलले पाएका छन् ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै महानिर्देशकको पद रिक्त थियो ।
प्रधानमन्त्री तथा विभागीय मन्त्रीस्तरको निर्णय अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई महानिर्देशकको समेत थप जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया 4