+
+
Shares

नागरिक उड्डयन प्राधिकरणले भन्यो- चोरी गरिएका सामान फिर्ता गर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित प्रधान कार्यालय र मातहत कार्यालयबाट चोरी भएका सामान फिर्ता दिन आह्वान गरेको छ।
  • २४ भदौमा प्राधिकरणको मुख्य भवनमा तोडफोड, आगजनी, चोरी र लुटपाट भएको थियो।
  • कार्यालयले फिर्ता नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

३१ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो बबरमहलस्थित प्रधान कार्यालय र देशभरीका नागरिक उड्डयन प्राधिकरणबाट चोरी र लुटपाट गरिएका सामान फिर्ता दिन आह्वान गरेको छ ।

२४ भदौका दिन प्राधिकरणको मुख्य भवन र कार्यालयहरू तोडफोड, आगजनी र चोरी तथा लुटपाट भएको थियो ।

सो क्रममा टीभी, कम्प्युटर, माइक्रो ओभन, हार्डडिक्स, स्क्यानर, प्रिन्टर, मोनिटर, ल्यापटप, हेडसेट, फर्निचर लगायत चोरी भएको पाइएको छ ।

सो तोडफोड र चोरीमा संलग्नको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको भन्दै कार्यालयले मातहतका कार्यालयबाट लगेका सामान फिर्ता गर्न आग्रह गरेको छ ।

फिर्ता नगरे कानुन अनुसार कारबाहीको प्रक्रिया थाल्ने चेतावनी समेत कार्यालयले दिएको छ ।

प्राधिकरणको बबरमहलस्थित कार्यालयमा विभिन्न विभागका महत्त्वपूर्ण कागजात जलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?