+
+
Shares

भक्तपुरबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १०:२०

२९ वैशाख, काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीबाट साढे एक किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका वडा नम्बर १० घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ पुलबजार बस्ने ३२ वर्षीय राजु स्वेत छन् ।

सोमबार अपराह्न साढे तीन बजेतिर प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकल चढेर नालाबाट च्यामासिंह तर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको हो ।

सोधपुछ गर्दा उनले कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सूचना प्रकाश जबेगुले जानकारी दिए ।

उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?