News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले ११ हजार ४९ मत प्राप्त गरेका छन्।
२२ फागुन, काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले ११ हजार मत कटाएका छन् ।
हालसम्मको मतपरिणाम अनुसार खत्रीको मत ११ हजार ४९ मत रहेको छ भने एमालेका महेश बस्नेतको ३११६ मत रहेको छ ।
कांग्रेसका कविर राणाले १५०३ मत ल्याएका छन् ।
अग्र स्थानमा रहेका रास्वपाका उम्मेदवार खत्री करिब २० वर्ष लामो पत्रकारिताबाट बिदा लिँदै राजनीतिमा होमिएका नेता हुन् । एमालेका सचिव समेत रहेका बस्नेत अघिल्लो निर्वाचन २०७९ मा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासँग पराजित भएका थिए ।
२०७४ सालको निर्वाचनमा भने बस्नेत यही क्षेत्रबाट विजयी भएका थिए ।
२०३१ साल माघमा भक्तपुरमा जन्मिएका महेश बस्नेत २०४९ सालमा एमालेको साधारण सदस्य भएका थिए । त्यसयताको उथलपुथलपूर्ण राजनीतिमा एमालेभित्र राम्रो प्रगति गर्ने नेतामा उनी पर्छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका ‘खास पात्र’ मानिने बस्नेत जेनजी आन्दोलनपछि एमालेबाट सार्वजनिक प्रतिक्रिया व्यक्त गर्ने पहिलो व्यक्ति थिए ।
विपक्षीप्रति खरो टिप्पणी गरेर चर्चामा आइरहने बस्नेत यसै क्षेत्रमा अवस्थित सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।
कानुनमा स्नातकसम्म अध्ययन गरेका उनले २०५४ सालदेखि नै निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका हुन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया 4