+
+
Shares

भक्तपुरमा छोराले गरे आमाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १०:१५

३ माघ, काठमाडौं । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

मध्यपुर थिमि नगरपालिका-३ तेर्सेटारमा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिका-११ घर भएका उनीहरु तेर्सेटारमा डेरामा बस्दै आएका थिए । शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । छोराको आक्रमणबाट गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।

आमाको हत्या गरेका भण्डारीले पनि आफ्नै टाउकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?