+
+
WC Series
विराटनगर किंग्स 2025
60/5 (10.3)
VS
५७ बलमा ७५ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रतिनिधिसभा चुनाव : भक्तपुर-२ बाट दुर्लभ थापासहित ८ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १७:४१
दुर्लभ थापा/फाइल तस्वीर

२५ मंसिर, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर-२ बाट ८ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कमिटी बैठकमा एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि आकांक्षी ८ जनाकै नाम सिफारिस गरेर पाठाउने निर्णय भएको क्षेत्रीय सभापति भेषबहादुर कार्कीले जानकारी दिए ।

भक्तपुर क्षेत्र नम्बर-२ का लागि भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सदस्य कविर राणा, महाधिवेशन प्रतिनिधि अष्टकुमार कवे, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, महासमिति सदस्य राजनकाजी त्वाँती, महासमिति सदस्य उद्धव सिलवाल, महाधिवेशन प्रतिनिधि सन्तोष भट्टराई र क्षेत्रीय सचिव सविन ढुंगेलको नाम सिफारिस गर्ने निर्णय भएको कार्कीले बताए ।

दुर्लभ थापा १३औं र १४ औं महाधिवेशनमा २ पटक निर्वाचित भएका भक्तपुर जिल्ला सभापति हुन् ।

यस्तै २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

यस्तै समानुपातिक तर्फ भक्तपुरका पूर्वपार्टी सभापति गणेश चक्रधर, मध्यपुर थिमी नगरपालिकाका पूर्वउपप्रमुख मुरारी आचार्य, सन्तोष कोचर र महिला तर्फ महासमिति सदस्य तथा मध्यपुर थिमीका पूर्वउपप्रमुख अन्जना मधिकर्मीलाई सिफारिस गरिएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?