News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको थिमीमा सनिप चाम्लिङ राईले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन्।
- आत्महत्या घटनामा प्रयोग भएको जिएस–५ जर्मन बन्दुक सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको छ।
- राई मानसिक समस्यामा रहेको र मृतक राई र हतियारधारी सूर्यकुमार नाताले साला–भिनाजु रहेको प्रहरीले बताएको छ।
२१ पुस, काठमाडौं । भक्तपुरको थिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको घटनामा प्रयोग भएको बन्दुक लाइसेन्स प्राप्त रहेको खुलेको छ ।
घटनामा प्रयोग भएको हतियार सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए ।
नेम्वाङको नाममा रहेको आधुनिक हतियारले कन्चटमा गोली हानेर ४० वर्षीय सनिप चाम्लिङ राईले आत्महत्या गरेका थिए ।
आफैंलाई गोली हान्ने राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यले बताएका छन् ।
मृतक राई र हतियारको लाइसेन्स लिएका सूर्य नाताले साला–भिनाजु रहेको पाइएको छ । भिनाजुको नाममा रहेको बन्दुकले राईले सोमबार दिउँसो साढे ३ बजे आत्महत्या गरेका हुन् ।
मध्यपुर थिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ । दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौंथो तलामा राईले कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेको प्रहरीले बताएको छ ।
बरामद बन्दुकमा जिएस–५ जर्मन लेखिएको छ ।
प्रतिक्रिया 4