+
+
Shares

भक्तपुरमा कन्चटमा गोली हानेर आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १७:१३

२१ पुस, काठमाडौं । भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई रहेको छन् ।

उनी सुरक्षाकर्मी हुन् वा सर्वसाधारण हुन् भन्ने यकिन हुन बाँकी नै रहेको छ । घटनास्थलमा अहिले प्रहरी वृत्त ठीमीको टोली पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

मध्यपुर ठिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ । दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा ४० वर्षीय राईले कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेको प्रहरीले बताएको छ ।

जिएस–५ लेखिएको जर्मन बन्दुकले गोली हानेको पाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?