+
+
Shares

भक्तपुरमा ‘जनतासँग जन्मदेव’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते १३:०७

९ फागुन, भक्तपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जन्मदेव जैसीले ‘जनतासँग जन्मदेव’ अभियान चलाएका छन् ।

भक्तपुर २ नं. क्षेत्रको निर्वाचन परिचालन कमिटीमार्फत गत फागुन ४ गतेदेखि सुरु गरिएको उक्त अभियान सानोठिमीबाट औपचारिक रूपमा प्रारम्भ भएको हो ।

भक्तपुरको बोडे, मगरगाउँ, गठाघर, कोशलटारका जनताले अभियानलाई उत्साहपूर्ण साथ दिएको जैसीले बताए । ‘जनतामा परिवर्तनको चाहना स्पष्ट देखिन्छ, उनीहरू नयाँ विकल्पको खोजीमा छन्, तर नयाँ वैकल्पिक शक्ति छान्ने क्रममा प्रलोपालाई जनताले बुझ्न थालेका छन्’, उनले थपे ।

अभियानलाई अन्तर्गत घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवादमार्फत मतदातासँग जोडिने कार्यक्रमका रुपमा अघि बढाइएको उनले बताए ।

मतदातासँग प्रत्यक्ष संवाद स्थापित गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव बुझ्ने उद्देश्यकले अभियान चलाइएको उनको भनाइ छ ।

स्थानीय तहका बस्ती–बस्तीमा पुगेर जनताको जीवनस्तर, रोजगारी, विकास र सेवासम्बन्धी मुद्दा बुझ्ने र त्यसलाई आफ्नो राजनीतिक एजेन्डासँग जोड्ने योजना रहेको उनले बताए ।

भक्तपुर–२ निर्वाचन क्षेत्र राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रमा नेकपा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका कविर राणा, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री, नेकपाका रामप्रसाद सापकोटा ‘दीपशिखा’, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, उज्यालो नेपाल पार्टीका जीतमान लामा लगायतका उम्मेदवार चुनावी मैदानमा छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३२ जना प्रतिस्पर्धामा रहेका छन् ।

इतिहास हेर्दा यस क्षेत्रमा नेपाली कांग्रेसले २०४८, २०५६, २०७० र २०७९ मा जित हासिल गरेको छ भने नेपाल मजदुर किसान पार्टीले २०५१ र २०६४ मा विजय निकालेको थियो । नेकपा एमालेले २०७४ मा एकपटक जितेको थियो ।

भौगोलिक रूपमा यस क्षेत्रमा मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका पर्छन्। कुल १९ वटा वडा रहेको यस क्षेत्रमा करिब ९८ हजार ३५६ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?