+
+
Shares

भक्तपुरमा चलचित्र महोत्सव हुँदै : २४ नेपाली फिल्म देखाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरमा ६ र ७ चैतमा युवा फिल्मकर्मीको समूहले पहिलो पटक चलचित्र महोत्सव आयोजना गर्न लागेको छ।
  • महोत्सवमा २४ फिल्म प्रदर्शन गरिनेछ र नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' बाट सुरु हुनेछ।
  • महोत्सवमा कथा लेखन कार्यशाला र 'हेरिटेज वाक' समेत आयोजना गरिनेछ।

भक्तपुरमा ६ र ७ चैतमा चलचित्र महोत्सव आयोजना हुने भएको छ । यहाँका युवा फिल्मकर्मीको समूहले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो । युवा फिल्मकर्मी किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो ।

भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लाटफर्म दिने उद्देश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए । ‘भक्तपुर हाम्रो जन्मथलो पनि हो । त्यसैले यहाँको संस्कृति र कलालाई विकास गर्ने हेतुले हामीले यो महोत्सव भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागेका हौं,’ किलम्बुले भने ।

महोत्सव निर्देशक किलम्बुले ‘कबड्डी ४’, ‘फूलबारी’, ‘दिमाग खराब’, ‘फेरि रेशम फिलिली’, ‘डिग्री माइला’, ‘लगायतका फिल्ममा काम गरेका छन् ।

महोत्सव संयोजक समेत रहेका गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मीका फिल्म र उनीहरुका फिल्मलाई प्लेटफर्म दिन पनि यो महोत्सवको आवश्यकता देखेर आफूहरुले यो महोत्सव सुरु गरिएको हो ।

‘स्वतन्त्र रुपले फिल्म बनाइरहेका फिल्मकर्मीलाई प्लाटफर्म दिन हामीले यो महोत्सव आयोजना गरेका हौं । सिनेमा लिट्रेसी बढाउनु पनि महोत्सवको उदेश्य हो,’ स्मितले भने । उनीसँगै एभरेष्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सव संयोजक हुन् ।

२ दिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु हुनेछ । महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्म देखाइनेछन् ।

सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ भने समापन फिल्म हुनेछ । महोत्सवमा २ नेवा संस्कृति समेटिएका फिल्म ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ देखाइनेछ ।

महोत्सव फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धी कार्यशाला दिँदैछन् । महोत्सव सुरु हुने अघिल्लो दिन उनले यो कार्यशाला संचालन गर्ने भएका हुन् । फागुन ३० मा भने महोत्सवले रुशेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा ‘हेरिटेज वाक’ पनि आयोजना गर्दैछ ।

महोत्सव भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना हुँदैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?