३० चैत, भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्ष सुरु हुनअघि भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्का जात्रा मनाइन्छ । नयाँवर्षको पूर्वसन्ध्यामा अहिले बिस्काको रौनक व्यापक चलिरहेको छ ।
यहाँ बिस्काका अवसरमा विदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि बिस्केट जात्राका लागि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरि नै बिस्का हर्षोल्लासका साथ मनाइन्छ । यो जात्रामा ऐतिहासिक पक्ष त छ नै, साथसाथै पूर्ण रूपमा तान्त्रिक एवं धार्मिक विधिअनुरूप मनाउने भएकाले यसको विशिष्ठ महत्त्व छ ।
परापूर्वकालमा भने बिस्का जात्रा दुई दिन मात्र मनाइने जानकारहरूको भनाइ छ । बिस्का जात्राका भक्तपुरको थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा लिइन्छ । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा यसलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ । भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको रहेको जानकारहरूको बुझाइ छ ।

बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र महिनाको अन्तिम दिन विश्वकेतुसहित योसीं द्य:(लिंगां) उठाइ त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्नुलाई मानिन्छ ।
सोहीअनुसार अहिले साँझ भक्तपुरमा लिंगो खडा गरेर ध्वजा फहराइएका छन् ।
किरातीलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरूले यो जात्रा मनाउन सुरु गरेको जानकारहरू बताउँछन् ।
तस्वीरहरू

प्रतिक्रिया 4