News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरमा बिस्का: जात्राको अन्तिम दिन शनिबार कुम्हाले टोलमा हात नभएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिएको छ।
- लिङ्गो जात्राले सुख, शान्ति, समृद्घि, सहकार्य र शत्रु नाश हुने धार्मिक मान्यता छ।
- जात्रा सम्पन्न भएपछि साँझ ग:हिटिमा राखिएको भैरव र भद्रकालीको रथ स्थानीयले तानेर भैरव मन्दिरमा विराजमान गराउने परम्परा छ।
५ वैशाख, काठमाडौं । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्राको अन्तिम दिन शनिबार तालाक्वस्थित कुम्हाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो शनिबार विधिपूर्वक पूजा गरी ढालिएको हो ।
ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ ।
लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता छ ।
यो जात्रा सम्पन्न भइसकेपछि साँझ ग:हिटिमा राखिएको भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तान्ने परम्परा छ ।
रथ तानेर पुन: तौमढीस्थित भैरव मन्दिरअगाडि ल्याएर राखिएपछि रथको देवतालाई विधिपूर्वक मन्दिरमा लगी विराजमान गराएपछि बिस्का: जात्रा सम्पन्न हुन्छ ।
प्रतिक्रिया 4