+
+
Shares

भक्तपुरमा बिस्का जात्राको रौनक (तस्वीरहरू)

अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।  

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ चैत २७ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरमा सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको बिस्का जात्रा २७ चैतदेखि नौ दिन आठ रातसम्म सुरु भएको छ।
  • भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैरवनाथको रथ तानातान गरी जात्राको सुरुवात गरिएको हो।
  • पाँचतले मन्दिर परिसरमा धिमे बाजासहित नेवारी समुदायले विशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए।

२७ चैत, काठमाडौं । भक्तपुरमा बिस्का जात्रा सुरु भएको छ ।

सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको हो ।

साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुवात गरिएको हो ।

अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने प्रचलन छ ।

जात्राको पूर्वसन्ध्यामा बिहीबार विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

पाँचतले मन्दिर (तःमारी) परिसरमा मा श्री नाःस हैः मा बाजँ समूहको आयोजनामा विशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । नेवारी समुदायले संयुक्त रूपमा धिमे बाजासहित नृत्य प्रदर्शन गरेका थिए ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?