२२ चैत, काठमाडौं । भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरी ६० जनालाई पक्राउ गरेको जनाएको छ ।
चैत २१ गते जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट ६० जना पक्राउ गरेको जनाएको छ ।
मोटरसाइकल लगायतका चोरीमा संलग्न र शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्दै आएको छ । सोही क्रममा एकैदिन ६० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।
भक्तपुर प्रहरीले यस अभियानलाई ‘स्वीप अप्रेशन’नाम दिएको छ । यो अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने डिएसपी जबेगुले जानकारी दिए ।
यसबीच भक्तपुर प्रहरीले मादक पदार्थ सेवन गरी यात्रुवाहक बस चलाउने एक चालकलाई पक्राउ गरेको छ । चैत २१ गते राधेराधेमा चेकिङको क्रममा ती चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4