News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले मोरङले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा जाहेरी दिएको छ।
- एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलले जिल्लामा ५ अर्बभन्दा बढी क्षति भएको निष्कर्ष निकालेको छ।
- प्रहरीले जेनजी आन्दोलनमा संलग्न ३९ जनालाई पक्राउ गरिसकेको र थप कारबाही गर्ने जनाएको छ।
१९ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी र निजी सम्पत्ति आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले मोरङले प्रहरीमा जाहेरी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाटमा संलग्नको विवरणसहित एमालेले कारबाहीका लागि जाहेरी दिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा मोरङ प्रहरी प्रमुख कवित कटवाललाई शुक्रबार जाहेरी हस्तान्तरण गरेको एमाले मोरङ सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।
प्रहरी उपरीक्षक कटुवालले आगजनी तोडफोड र लुटपाटमा संलग्नहरूलाई कारबाही गरिने बताए । प्रहरीले जेनजी आन्दोलनमा आगजनी तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा ३९ जनालाई पक्राउ गरिसकेको छ ।
एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलको शुक्रबार अध्ययन प्रतिवेदन बुझाएपछि प्रतिवेदनका आधारमा घटनामा संलग्नहरूलाई कारबाहीको मागसहित जाहेरी दिएको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
उनका अनुसार एमालेले जिल्लामा भएको निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिका विषय अध्ययनका लागि कार्यदल बनाएको थियो । सो कार्यदलले जिल्लामा ५ अर्बभन्दा बढी क्षति भएको निष्कर्ष निकालेको छ ।
एमालेले जाहेरीसँगै घटनामा संलग्न व्यक्ति, आपराधिक समूहको फोटो प्रहरीलाई उपलब्ध गराएको छ ।
प्रतिक्रिया 4