+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
71/4 (12.1)
Shares

बालुवाटारमा सर्वपक्षीय बैठक

प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १६:५७

१९ मंसिर, काठमाडौं । सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको उनको सचिवालयले जनाएको छ ।

आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीले बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको छ ।

बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थित छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?