 
																			१२ कात्तिक, काठमाडौं । सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधिहरूबीच बुधबार साँझ करिब ५ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चल्यो ।
छलफल सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान फेर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । अहिलेसम्म भएका प्रत्येक क्रान्तिबाट संविधान फेरिएको उल्लेख गर्दै राप्रपाबाट बैठकमा सहभागी सदस्यहरूले अहिले पनि संविधान फेरिनुपर्ने बताए ।
राप्रपाले अहिले पनि जेनजीले संविधान संशोधनदेखि संघीयता फाल्ने माग राखेको कुरा उठाएपछि जेनजीले खण्डन गरे । जेनजी अगुवा उपार्जुन चाम्लिङले जेनजीको माग कुनै हालतमा संविधान फेर्ने र मास्ने आशय नरहेको बताएका थिए ।
‘हरेक क्रान्तिपछि संविधान फालिएको कुरा राप्रपाले उठायो । संघीयता फाल्नेदेखि संविधान फेर्नुपर्ने भनेर आन्दोलनको अपव्याख्या भएपछि मैले खण्डन गरेँ,’ चाम्लिङले भने, ‘मैले ती क्रान्ति व्यवस्था फाल्नकै लागि भएको थियो । यो क्रान्ति अवस्था फेर्ने मुद्दामा केन्द्रित छ । त्यसैले यो कुनै हालतमा सम्भव छैन भनेर भनेँ ।’
चाम्लिङका अनुसार, त्यसपछि हलमा भएका सबैजसोले ताली बजाए ।
सोही आशयको कुरा जेनजी अगुवा मिरज ढुंगानाले पनि बताएका थिए । उनले भने प्रत्यक्ष कार्यकारीको मुद्दा उठाउनुपर्ने विषयमा जोड दिए ।
त्यसपछि जेनजी अगुवा उपार्जुनले यसको खण्डन गरे ।
‘मिरज जीले पनि यो कुरा उठाएपछि भरे जेनजीले प्रत्यक्ष कार्यकारीको माग राख्यो भनेर समाचार आउला, त्यो भयो भने ७६ जना शहीदको लागि पाप लाग्छ । यसको मतियार म हुँदिनँ भनेर मैले खण्डन गरेको थिएँ,’ चाम्लिङले भने, ‘म मिरजजी पछि बोल्दा दलहरूलाई भ्रम नहोस् भनेर जेनजीहरूले बोल्ने क्रममा नै खण्डन गरेँ । पछि राप्रपाले व्यवस्था फाल्ने कुरा गर्दा पनि खण्डन गरेको हुँ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4