१२ कात्तिक, काठमाडौं । जेनजी अगुवा मिरज ढुंगानाले प्रत्यक्ष कार्यकारी हुनुपर्ने माग राखेपछि अन्य जेनजी अगुवाले खण्डन गरेका छन् ।
बुधबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा जेनजीका तर्फबाट ढुंगानाले चुनावको लागि चुनाव भन्दा पनि प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर अघि जानुपर्ने धारणा राखेका थिए । उनको उक्त प्रस्तावमा त्यहीँ भएका अन्य केही जेनजीले खण्डन गरेका थिए ।
‘प्रत्यक्ष कार्यकारीमा जानुपर्छ, चुनावको लागि मात्र चुनाव गर्नुको कुनै अर्थ छैन भनेर मिरजजीले भन्नुभयो,’ एक जेनजी अगुवाले भने, ‘केही साथीहरूले खण्डन गर्नुभयो । त्यसपछि यो विषय नै सकियो ।’
बालुवाटार बैठक केहीबेर अघि नै सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4