+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालुवाटार बैठकमा रास्वपा : रविबारे धारणा माग, विदेशबाट मतदानबारे ध्यानाकर्षण

भयरहित निर्वाचन गराउनेमै हाम्रो जोड हो : सोबिता गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १९:३४

१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान सरकारको धारणा माग गरेको छ ।

यसअघि पनि सरकारसँग भएका औपचारिक र अनौपचारिक छलफलका क्रममा पनि आफूहरू सरकारको धारणा माग गरेको र अहिले पनि उक्त विषयबारे प्रष्ट पार्न सरकारलाई भनिएको रास्वपाका नेताहरूले बताएका छन् ।

बालुवाटार बैठकमा रास्वपाका तर्फबाट नेताहरू सोबिता गौतम र शिशिर खनाल उपस्थित थिए ।

उनीहरूले सुरुदेखि नै आफ्नो पार्टी निर्वाचनमै केन्द्रित रहेको र अहिले पनि भयरहित वातावारण बनाउनका  लागि आग्रह गरिएको बताए ।

‘सुरुदेखि नै यो सरकारलाई समर्थन गरेको र हाम्रो तयारी पनि आन्तरिक रुपमा निर्वाचनका लागि होमिएको जानकारी गरायौं,’ नेता खनालले भने, ‘भयरहित चुनाव हुन्छ कि हुँदैन भन्ने कुरामा ध्यानाकर्षण गरायौं ।’

त्यस्तै, नेतृ गौतमले पनि निर्वाचनको वातावारण बनाउन सरकार अझै बढी सक्रिय हुनुपर्ने बताएको जानकारी गराइन् ।

‘समाज‍मा फेरि विधिको शासन ल्याउने बाटो भनेको निर्वाचन नै हो । हामीले निर्वाचन गराउने कुरामा नै जोड दिएका छौं,’ गौतमले भनिन्, ‘निर्वाचन भयरहित ढंगले गर्नेमा हाम्रो जोड हो ।’

खनालका अनुसार देशबाहिर र गैर जिल्लामा रहेका व्यक्तिले मतदान गर्नुपर्ने विषयमा पनि ध्यानाकर्षण पार्टीको तर्फबाट गराइएको छ ।

सभापतिबारे धारणा माग

त्यस्तै, उनीहरूले पार्टी सभापति लामिछानेबारे वर्तमान सरकारको धारणा माग गरेका छन् ।

अहिलेको सरकारमा भएका मन्त्रीहरूले नै सरकार बन्नुअघि सभापति लामिछानेमाथि प्रतिशोध भएको धारणा राखेको स्मरण गर्दै जवाफ माग्ने क्रम जारी रहेको गौतमले बताइन् ।

‘हामीले पटकपटक औपचारिक र अनौपचारिक छलफलका क्रममा यो विषय सोधेका छौं । यो सरकार बन्नुभन्दा अघि अहिलेका मन्त्रीहरूले प्रतिशोध भएको भनेर मत राख्नुभएको छ,’ गौतमले भनिन्, ‘कहाँसम्म प्रतिशोध भयो भन्ने लाग्छ त्यो सम्म चाहीँ भन्नुपर्‍यो ।’

जहाँसम्म रवि लामिछानेलाई प्रतिशोध भएको छ भन्ने वर्तमान सरकालाई लागेको छ त्यो कुरा चाहिँ प्रष्ट भन्ने र कतिसम्म सच्याउन सकिन्छ त्यो क्लियर पार्नुपर्ने उनको भनाइ छ ।

‘उहाँलाई प्रतिशोध लाग्छ, कानुनी दृष्टिले त्यसलाई भन्नका लागि पातलो घेरा हुन्छ । त्यसलाई कुन विधिले सच्याउने हो त्यसतर्फ लाग्नुपर्यो,’ गौतमले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?