News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई बनाउने सहमति गरेको छ।
- आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको एक प्रदेश सांसदले जानकारी दिएका छन्।
- अहिले प्रदेश सांसदहरूले सहमति पत्रमा हस्ताक्षर गर्ने काम भइरहेको छ।
१९ मंसिर, जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनभित्र सहमति भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको एक प्रदेश सांसदले जानकारी दिए । अहिले प्रदेश सांसदहरूले हस्ताक्षर गर्ने काम भइरहेको छ।
सात दलीय गठबन्धनमा मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपा नेता जितेन्द्र सोनलले दाबी गर्दै आएका थिए ।
गठबन्धन साझेदारबीच बिहीबार मध्यान्नदेखि अबेर साँझ ८ घण्टा बैठक चलेको थियो । आज बिहानैदेखि बसेको सात दलीय गठबन्धनको बैठकमा केहिबेर अघि कांग्रेस संसदीय दलका नेता यादवको नाममा सहमति जुटेको एक प्रदेश सांसदले बताए ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले गत मंसिर १७ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कार्यालयले आज शुक्रबार ५ बजेसम्म सरकार गठनको दाबी पेश गर्न समय दिएको छ ।
प्रतिक्रिया 4