१२ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि मुलुकमा अर्को विद्रोह हुन नहुने बताएको छ । बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको त्रिपक्षीय छलफलमा राप्रपाका नेताहरूले यस्तो बताएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूको छलफल भएको थियो । जहाँ आफूहरूले फेरि अर्को विद्रोह मुलुकले भोग्न नपरोस् भनेर राखेको राप्रपाका नेता राजेन्द्र गुरुङले बताए ।
उनका अनुसार छलफलमा सबैको आफ्नो आफ्नो दृष्टिकोण राखेका छन् । उनी भन्छन्, ‘कसैले अहिलेको संविधान, अहिलेकै व्यवस्था र अहिलेकै प्रणालीको चिन्ता र चासो राखेका थिए ।’
आफूले अरुको बारेमा नभन्ने भन्दै उनले राप्रपाले राखेको विषय सुनाए, ‘अधुरो र अपुरो विद्रोह भयो भने फेरि त्यसलाई पुर्न गराउन मुलुकले अर्को विद्रोह भोग्न नपरोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4