News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन्।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले कर्णलाई निमित्त महानिर्देशकको भूमिका दिएका छन्।
- महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले मुद्दा दायर गरेपछि प्राधिकरण नेतृत्वविहीन थियो।
४ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले प्राधिकरणका उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशकको भूमिका दिएका हुन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयका सहसचिव मुकेश डंगोललाई महानिर्देशकको समेत भूमिका दिएकी थिइन् । सिन्हाले मन्त्रालय सम्हालेपछि प्राधिकरणकै उपमहानिर्देशकलाई यस्तो जिम्मेवारी दिइएको हो ।
शुक्रबारको मन्त्रीस्तरीय निर्णयले कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । कर्णले आजै आफ्नो कार्यभार सम्हालेका छन् ।
महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरण नेतृत्वविहीन थियो ।
प्रतिक्रिया 4