+
+
Shares

१६८ नयाँ मतदानस्थल थप, ९३ वटा खारेज

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १६:५६

४ पुस, काठमाडौं । निर्वाचन आयोगले १६८ नयाँ मतदानस्थल थप गरेको छ । प्रयोगमा नरहेका ९३ वटा खारेज गरेको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन देशभरका मतदानस्थलहरुमा पुनरावलोकन गरेको आयोगले जनाएको छ ।

जसअनुसार मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरिएका छन् भने मतदातालाई अपायक परेका, जिर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको छ ।

यसबाट साविकमा कायम दश हजार ८९२ मतदानस्थलमा ७५ मतदानस्थल थप भएर देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ ।

मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने,  मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?