News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले गठन गरेको उच्चस्तरीय आयोगले नेपाल वायुसेवा निगमलाई तीन भागमा छुट्याएर पुनर्संरचना गर्न सिफारिस गरेको छ।
- आयोगले अन्तर्राष्ट्रिय उडानमा अनुभवी कम्पनीसँग व्यवस्थापन साझेदारी गर्न र ग्राउन्ड ह्यान्डलिङका लागि छुट्टै निकाय बनाउन सुझाव दिएको छ।
- आन्तरिक उडानलाई छुट्टै सरकारी निकाय बनाइ थप जहाज खरिद गरी सञ्चालनमा ल्याउन आयोगले सिफारिस गरेको छ।
१९ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले नेपाल वायुसेवा निगम (नेवानि) लाई तीन भागमा छुट्याइ पुनर्संरचना गर्न सिफारिस गरेको छ ।
नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले नेवानिलाई अन्तर्राष्ट्रिय उडान, आन्तरिक उडान र ग्राउन्ड ह्यान्डलिङ सेवा छुट्याएर नियमन गर्न भनेको छ । आयोगले अन्तर्राष्ट्रिय उडानमा अनुभवी अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवस्थापन साझेदारीको समेत पहल गर्न भनेको छ ।
ग्राउन्ड ह्यान्डलिङमा छुट्टै निकाय बनाएर चुस्त सेवा दिनसमेत आयोगले सुझाव दिएको छ । यसका लागि कर्मचारीलाई अन्तर्राष्ट्रिय स्तरको सिप, दक्षता र कौशल प्रदान गर्नसमेत भनेको छ ।
आन्तरिक उडानलाई समेत छुट्टै सरकारी निकायका रूपमा विकास गर्ने र थप जहाज खरिद गरी सञ्चालनमा ल्याउन आयोगले सुझाव दिएको छ । निगम अहिले ५० अर्ब हाराहारी ऋणमा छ ।
उक्त ऋण लगानी समेत जोखिममा रहँदा पनि कसैले जिम्मेवारी नलिएकोमा आयोगले प्रश्न गरेको छ । अहिले नेवानिको आर्थिक अवस्था नै चिन्ताजनक स्थितिमा रहेको समेत आयोगको भनाइ छ ।
प्रतिक्रिया 4