+
+
सन्दर्भ : विश्व पर्यटन दिवस :

पर्यटन र शान्ति

नेपालजस्ता देश, जहाँ विविध संस्कृति र समृद्ध प्राकृतिक सम्पदा प्रशस्त छन्, पर्यटनले शान्ति, समझदारी, सशक्तीकरण र दिगो विकास प्रवर्द्धन गर्न शक्तिशाली माध्यमका रूपमा काम गर्छ ।

सुधन सुवेदी सुधन सुवेदी
२०८१ असोज ११ गते १८:०२

काठमाडौं दशरथ रंगशालामा ‘नेपाल पर्यटन वर्ष २०११’ उद्घाटन भव्य समारोह साथ भइरहेको थियो । मुलुककको राजनीतिमा परिवर्तनको छुट्टै तरङ्ग थियो त्यो बेला । देशका अन्य परिवर्तनसँगै झन्डा फेर्नेसम्म पुगेको गरमागरम स्थिति थियो । पर्यटन वर्षमा उपस्थित हजारौं जनताले शान्तिपूर्वक झन्डा बोकेर आई अपनत्व मात्र दर्शाएनन्, बरु झन्डा फेर्न लागिपरेकालाई गतिलो जवाफ पनि दिए ।

माथिको घटनाले द्वन्द्व उन्मुख अवस्थामा पर्यटनले कसरी शान्तिको बिगुल फुक्यो भन्ने उदाहरण प्रस्तुत गरेको थियो । शान्तिलाई विभिन्न ढंगले बुझ्ने गरिएको छ । आज घर अनि समाजको शान्ति खलबल पार्ने मुख्य कारक भनेको परिवारका सदस्यहरू विशेषगरी युवा देश छाडेर पलायन हुनु नै हो । यही अवस्था चिर्न नसके पनि मलम लगाउने क्षेत्र भनेको पर्यटन हो ।

पर्यटनमा उपभोग हुने सेवालाई निर्यात गरिने सेवाका रूपमा लिइन्छ । देशमा विदेशी मुद्रा आर्जन गर्ने एक नम्बरको उद्योग भनेकै पर्यटन हो । शान्तिसँग यस अर्थमा पनि पर्यटनको गहिरो सम्बन्ध छ ।

अन्तर्राष्ट्रिय पर्यटक आगमनले स्थानीय व्यवसायमात्र बढाउँदैन, विदेशी मुद्रा आर्जन पनि बढाउँछ, जसले देशको आर्थिक स्थिरताका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

पर्यटनलाई प्रायः आर्थिक वृद्धिको माध्यमका रूपमा हेरिन्छ, तर यसको शान्ति र मेलमिलापलाई बढावा दिने पाटोलाई प्रायः देखाइँदैन । नेपालजस्ता देश, जहाँ विविध संस्कृति र समृद्ध प्राकृतिक सम्पदा प्रशस्त छन्, पर्यटनले शान्ति, समझदारी, सशक्तीकरण र दिगो विकास प्रवर्द्धन गर्न शक्तिशाली माध्यमका रूपमा काम गर्छ ।

पर्यटन अर्थतन्त्रको आधारशिला हो । यसले राष्ट्रको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा लगभग ७ देखि ८ प्रतिशत योगदान गरिरहेको छ । यस क्षेत्रले ट्रेकिङ गाइड र होटल कर्मचारीदेखि लिएर परम्परागत हस्तकला बेच्ने कारीगरसम्म लाखौं नेपालीका लागि प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्छ ।

अन्तर्राष्ट्रिय पर्यटक आगमनले स्थानीय व्यवसायमात्र बढाउँदैन, विदेशी मुद्रा आर्जन पनि बढाउँछ, जसले देशको आर्थिक स्थिरताका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

पर्यटन क्षेत्रले सांस्कृतिक आदान–प्रदान प्रोत्साहन गर्छ, जसले पर्यटकलाई स्थानीय रीतिरिवाज र परम्परासँग संलग्न हुने मौका दिन्छ ।

सगरमाथा क्षेत्रमा पदयात्रा पर्यटनले स्थानीय अर्थतन्त्र कसरी चलाउन सक्छ भन्ने उदाहरण लिन सकिन्छ । मनमोहक दृश्य र सांस्कृतिक समृद्धिका लागि प्रख्यात सगरमाथा क्षेत्रले प्रत्येक वर्ष हजारौं पदयात्रीलाई आकर्षित गर्छ । ट्रेकिङ (पदयात्रा) कै कारण पालिकाहरू, संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्जहरूले महत्त्वपूर्ण राजस्व उठाउन सक्षम भएका छन् ।

यी प्रायः स्थानीय पूर्वाधार, विद्यालय र स्वास्थ्य सेवामा पुनः लगानी गरिन्छ । यसले समुदायका सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउने र उनीहरूको सांस्कृतिक सम्पदामा स्वामित्व र गर्वको भावनालाई बढावा दिँदै एक किसिमको प्रभाव सिर्जना गर्छ, शान्ति प्रवर्द्धन हुन्छ ।

पर्यटन क्षेत्रले सांस्कृतिक आदान–प्रदान प्रोत्साहन गर्छ, जसले पर्यटकलाई स्थानीय रीतिरिवाज र परम्परासँग संलग्न हुने मौका दिन्छ । यस अन्तर्क्रियाले आपसी समझदारी र सम्मानलाई बढावा दिन्छ, विभिन्न समुदायबीचको खाडल कम गर्छ । पर्यटकले चाडपर्व, स्थानीय व्यञ्जन र परम्परागत शिल्पका माध्यमबाट नेपाली संस्कृतिको समृद्धि अनुभव गर्दा वास्तविक अर्थमा उनीहरूले शान्ति र सहअस्तित्वलाई नै योगदान पुर्‍याउँछन् ।

यसबाहेक, पर्यावरणमैत्री पदयात्रा र जिम्मेवार यात्राजस्ता दिगो पर्यटन अभ्यास प्रवर्द्धन गर्ने पहलले वातावरण र सांस्कृतिक सम्पदा दुवैको महत्त्व उजागर गर्छ । यी सार्थक प्रयासले पर्यटकलाई संरक्षण र जिम्मेवार पर्यटनबारे शिक्षित बनाउँछन । शान्तिका लागि वकालत गराउँछन् र यी अनुभवाई आफ्ना देश लगेर प्रचार प्रसार गरी नेपालका अनन्य मित्र हुन्छन् ।

शान्तिका लागि पर्यटनको सदुपयोग गर्नेमा नेपाल एक्लो छैन । विश्वभरिका विभिन्न देशले कसरी पर्यटनले मेलमिलाप र आपसी समझदारी बढाउन सक्छ भनेर यहाँ वर्णन गरिएको छ ।

रुवान्डा

अफ्रिकी राष्ट्र रुवान्डाको नरसंहारपछि उसले पर्यटनमा लगानी गर्‍यो । विशेषगरी गोरिल्ला ट्रेकिङ मार्फत ज्वालामुखी क्षेत्र र राष्ट्रिय निकुञ्जहरूमा । यस पहलले राजस्वमात्र वृद्धि भएन, रुवान्डाका नागरिकबीच राष्ट्रिय गौरव महसुस भई पीडादायी विगतलाई वर्तमानको लचिलोपन र एकताको प्रतीकमा परिणत गरेको छ ।

आइसल्यान्ड

शान्तिपूर्ण समाजका लागि परिचित देश हो । आइसल्यान्डले द्वन्द्व समाधान र कूटनीतिमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरेको छ । वार्ताका लागि तटस्थसाथ यसले विश्वव्यापी शान्ति पहल प्रवद्र्धन गरी आफ्नो पर्यटन उद्योगबाट लाभ उठाएको छ।

दक्षिण अफ्रिका

रंगभेदपछि दक्षिण अफ्रिकाले मेलमिलाप सञ्चारका लागि पर्यटनको उपयोग गरेको छ । रोबेन आइल्यान्ड जस्ता साइटहरूले शैक्षिक सेवा दिन्छन्, जसले पर्यटकलाई राष्ट्रको इतिहास बुझ्न र एकताबारे सिकाउन बल दिएको छ ।

बोस्निया एन्ड हर्जगोभिन

बोस्निया एन्ड हर्जगोभिन मोस्टारमा पुरानो पुल पुनर्निर्माण मेलमिलापको प्रतीक बनेको छ । यस क्षेत्रको पर्यटनले सांस्कृतिक आदान–प्रदान र विविध समुदायबीच संवादलाई बढावा दिएर शान्ति प्रवद्र्धन गरेको छ ।

जोर्डन

समृद्ध धार्मिक र ऐतिहासिक स्थलहरूको साथमा जोर्डनले सहअस्तित्वका माध्यमका रूपमा पर्यटनलाई स्वीकारेको छ । विभिन्न समुदायबीचको समझदारी प्रोत्साहित गर्न पहलकदमी साथ शान्तिको सन्देश फैलाउन मद्दत गरिरहेको छ ।

कोलम्बिया

दशकौंको द्वन्द्वपछि शान्ति प्रक्रियाले स्थानीय समुदायलाई पुनर्निर्माणमा मद्दत गर्न ‘इको–टुरिज्म’ का पहल सुरु भएको छ । सांस्कृतिक सम्पदा प्रचार गर्ने कार्यक्रमले कोलम्बियाको विगतबारे जान्ने मौका दिएको छ ।

उत्तरी आयरल्यान्ड

उत्तरी आयरल्यान्डको बेलफास्टमा शान्तिपर्खाल वरिपरिका भ्रमणले पर्यटकलाई यस क्षेत्रको इतिहासबारे जानकारी दिन्छ । कुनै समय गहिरो विभाजनको सिकार भएका समुदाय हाल सुझबुझ र संवादलाई बढावा दिइरहेका छन् ।

नेपालको पर्यटन केवल आर्थिक इन्जिनमात्र होइन । यो शान्ति र सामाजिक एकताका लागि उत्प्रेरक हो ।

पर्यटनले नेपालभित्रका सीमान्तकृत समूह विशेषगरी महिलालाई सशक्तीकरण गर्ने क्षमता राख्छ । पर्यटन क्षेत्र व्यापक हुँदै जाँदा धेरै महिला निर्णायक भूमिकामा संलग्न हुन्छन् । परम्परागत रूपमा पुरूषको प्रभूत्व भएको होटल सञ्चालन गर्न वा पदयात्रामा नेतृत्व गर्न महिलाहरू अगाडि बढेको प्रशस्त उदाहरण छन् । यो आर्थिक स्वतन्त्रताले महिलाको जीविकोपार्जनमा सुधार गर्दै समुदायमा उनीहरूको दह्रो उपस्थिति बनाउँछ ।

महिलालाई आतिथ्य सेवा तालिम दिने उद्देश्यका कार्यक्रम सफल भएका छन् । पर्यटनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न महिलालाई सशक्तीकरण गरेर नेपालले थप समावेशी समाजको विकास गर्दैछ, जहाँ सबै किसिमका आवाजले शान्ति र विकास अभियानमा योगदान पु¥याउँछन् ।

नेपालको पर्यटन केवल आर्थिक इन्जिनमात्र होइन । यो शान्ति र सामाजिक एकताका लागि उत्प्रेरक हो । समुदाय सशक्तीकरण, दिगो अभ्यासलाई समर्थन गरेर, पर्यटनले विभाजनको खाडल पुर्ने र सहकार्य बढाउन सक्छ ।

नेपाल, रुवान्डादेखि उत्तरी आयरल्यान्डसम्मका अन्तर्राष्ट्रिय उदाहरणले पर्यटनले शान्ति प्रवद्र्धनमा राख्ने गहिरो क्षमता देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?