१६ कात्तिक, काठमाडौं । तिहारको अवसर पारेर काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड परिसरमा सेलरोटी पकाउने प्रतियोगिता गरिएको छ ।
ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्टको संयोजनमा नेपाल पर्यटन बोर्ड, पर्यटन पत्रकार संघ (जाट–नेपाल), सेफ एसोसिएसन अफ नेपाल, महिला उद्यमी संघ, ऊनी वस्तु विकास संघलगायतको आयोजना सेलरोटप् पकाउने प्रतियोगिता गरिएको हो ।
मौलिक खाना सेलरोटीको जगेर्नामार्फत पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता गरेको पर्यटन पत्रकार संघ (जाट–नेपाल) का अध्यक्ष देवीप्रसाद पन्तले बताए ।
प्रतियोगिताकी संयोजक सावित्री ढुंगानाले यो प्रतियोगितामार्फत नेपाली महिलाको मौलिक सीप उजागर भएको बताइन् ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न १३ समूहका २६ महिला सहभागी थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारस्वरुप चामल दिइएको थियो ।
प्रतियोगिताको निर्णायकमा सेफ एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष एवं सेफ एसोसिएसन फाउण्डेसनका सञ्चालक श्याम लामा, वरिष्ठ सेफ रत्नबहादुर थापा, सेफ एसोसिएसन अफ नेपालका महासचिव पदम आलेमगर रहेका थिए ।
उनीहरुले सेलरोटी बनाउँदा ध्यान दिनुपर्ने कुरा र मिश्रण गर्न सकिने सामग्रीबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया 4